• १३ असोज २०८१, आइतबार

पोखरेलको संयोजकत्वमा महोत्तरी घटना छानबिन समिति गठन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ११ गते । महोत्तरीको भंगाहा नगरपालिका वडा नं ८ मा कात्तिक १० गते भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव  शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा सो दिन छठपर्वको अवसरमा आयोजित कलश यात्राको सिलसिलामा भएको  विवादमा असामान्य स्थिति सिर्जना  भएको घटनाको छानबिन समिति गठन भएको जानकारी दिइएको छ ।

सहसचिव पोखरेलको संयोजकत्वमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बल, नेपालका सप्रनाम किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य रहनुभएको छ । छानबिन समितिले निष्पक्ष छानबिन गरी सात  दिनभित्र प्रतिवेदन पेश गर्न गृहमन्त्रीस्तरीय निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।