मौसममा आंशिकदेखि सामान्य बदली
आज (बुधबार) मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसमविज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल प्रदेश १ र मधेस प्रदेशमा मौसम सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ ।
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. पद्मश्री पुरस्कार–२०७८ कसलाई प्रदान गरियो ? केशवराज ज्ञवाली (कथा सङ्ग्रह ः अर्को भोर) २०७९ असोज २३ मा ज्ञवालीलाई सो अवार्ड प्रदान गरिएको।
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
सङ्घीय संसद्को विशेषाधिकार १. चाडपर्व नजिकिएसँगै उपभोक्ताको हक हनन भएका समाचार पढ्न र सुन्न पाइन्छ। यस सन्दर्भमा उपभोक्ताको हकहितको संरक्षण गर्न बिक्रेता तथा सेवा प्रदायकको दायित्व के कस्तो रहन्छ उल्लेख गर्नुहोस् ।
कर्मचारीको बिदाइ
गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीद्वय हरिकृष्ण अर्याल र हरिशरण पुरीलाई सम्मानपत्रसहित बिदाइ गरिएको छ। संस्थानमा मङ्गलबार आयोजित कार्यक्रममा संस्थानको सेवामा लामो समयदेखि कार्यरत कर्मचारीद्वय अर्याल र पुरीलाई संस्थान परिवारतर्फबाट बिदाइ गरिएको हो। संस्थान सेवामा २०५३ सालमा प्रवेश गर्नुभएका अर्यालले वरिष्ठ प्राविधिक सहायक पदबाट उमेरहदका कारण अवकाश पाउनुभएको हो। त्यसैगरी पुरीले सिनियर प्रेस म्यान पदबाट स्वेच्छिक अवकाश लिनुभएको हो।
नेपाली सेनालाई रजत पदक
नेपाली सेनाले संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा यही असोज २२ देखि २४ गतेसम्म सञ्चालन भएको ‘अभ्यास क्याम्ब्रीयन पेट्रोल २०२२’ मा रजत पदक प्राप्त गरेकोे छ।
छिन्नमस्ता भगवतीलाई चाँदीको हार भेटी
सप्तरीको प्रसिद्ध छिन्नमस्ता मन्दिरभित्र अवस्थित छिन्नमस्तिका भगवतीलाई नयाँ मुकुट चढाइएको मन्दिर समितिले जनाएको छ । पौने एक तोला रहेको पुरानो मुकुटको कल्कीहरू झरिसकेकाले विगत पाँच वर्षदेखि भगवतीको मुकुट फेर्ने भनिए पनि समितिको निर्णय कुर्दै ढिला भएको थियो ।
हिमपातले लिमीको उवा बालीमा क्षति
हिउँले लिमीको जग्गामा पाकेको उवा बालीमा क्षति पुर्याएको छ। नाम्खा गाउँपालिका-६ को हिमालपारीको गाउँ लिमीको तील गाउँका स्थानीय टुन्जोक तामाङले जग्गामा पाकेर काटेर राखिएको बालीमा हिमपातले क्षति गरेको जानकारी दिनुभयो।
बाढीबाट बाँकेमा नौ हजार घर परिवार प्रभावित
बाँकेमा लगातारको वर्षाका कारण राप्ती नदी आसपासका बस्ती सबैभन्दा प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार प्रारम्भिक तथ्याङ्क अनुसार बाढीबाट करिब नौ हजार घर परिवार प्रभावित भएका छन् ।
प्रत्यक्षतर्फ ५७ राजनीतिक दलको उम्मेदवारी
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । दलले एक हजार चार सय ३३ पुरुष र एक सय ५० महिला उम्मेदवार उठाएको तथ्याङ्क निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।