स्रोत नखुलेको रकमसहित पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको रकमसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
१७ सञ्चार माध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण
प्रेस काउन्सिल नेपालले गरेको निर्वाचन केन्द्रित आचारसंहिता अनुगमनका क्रममा १७ वटा समाचार माध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको जनाएको छ ।
‘ए ठूली’ सार्वजनिक
युवा लोकगायक अर्जुन सापकोटाको ‘ए ठूली’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको सो गीतमा आफ्नै शब्द, सङ्गीत र स्वर रहेको सापकोटाले बताउनुभयो ।
समृद्धिका लागि जनताको विश्वास आवश्यक : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले मुलुकको आर्थिक समृद्धिका लागि एमालेले जनताको विश्वासको मत प्राप्त गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित चुनावी प्रतिबद्वतापत्र सार्वजनिक गर्ने कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
स्कुल बसको झ्यालबाट टाउको निकाल्दा घाइते भएका बालकको मृत्यु
स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा घाइते भएका बालकको मृत्यु भएको छ । रुखमा ठोक्किएर घाइते भएका बालकको बिहीबार बिहान करिब साढे दुई बजे उपचारको क्रममा त्रि।वि।शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।
बाटो चौडा गर्न धनगढीमा संरचना भत्काइँदै
धनगढीको मुख्य बजार क्षेत्रको बाटो फराकिलो बनाउनका लागि सडक अधिकार क्षेत्रभित्र परेका संरचना भत्काउन सुरु गरिएको छ । चाडपर्व सकिएपछि धनगढी उपमहानगरपालिकाको कार्यालयले सडक अधिकार क्षेत्रभित्र परेका संरचना भत्काउन सुरु गरेको हो ।
नरभक्षी चितुवा मार्न प्रशासनको आदेश
निरन्तर रुपमा तनहुँमा आतङ्क मच्चाइरहेको नरभक्षी चितुवा मार्न स्थानीय प्रशासनले आदेश दिएको छ । प्रशासनले बुधबार स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(४) बमोजिम नरभंक्षी चितुवा मार्न सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई आदेश दिएको हो ।
कार्यालय समय घट्यो
देशभरि कार्यालयमा काम गर्ने समय घटेको छ। बुधबार (कात्तिक १६)देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको काम गर्ने समय एक घण्टा घटेको हो।
स्थायी शिक्षक नियुक्तिको सिफारिस
खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका स्थायी शिक्षक नियुक्तिका लागि शिक्षक सेवा आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेको छ।