• १४ असार २०८१, शुक्रबार

कार्यालय समय घट्यो

blog

काठमाडौँ, कात्तिक १७ गते । देशभरि कार्यालयमा काम गर्ने समय घटेको छ। बुधबार (कात्तिक १६)देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको काम गर्ने समय एक घण्टा घटेको हो। 

सरकारी कार्यालयहरू कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्र खुल्नेछन्। शुक्रबारको दिन भने ३ बजेसम्म मात्र कार्यालय खुल्नेछ। माघ १६ देखि सरकारी कार्यालयहरू बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै खुल्नेछन्। सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर वर्षभरि हुने सार्वजनिक बिदा र सरकारी कार्यालय खुल्ने र बन्द हुने समय तय गर्ने गर्छ।