भट्टराई र मगरलाई स्पष्टीकरण
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उम्मेदवार योगेश भट्टराई र बिना मगरलाई स्पष्टीकरण सोधेको छ । दुवै जनालाई २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालयमा स्पष्टीकरण पेस गर्न भनिएको छ ।
यातायात सुचारु गर्न न्यालुमा हिउँ पन्छाउने कार्य सुरु
पाँच हजार मिटर अग्लो स्थानको न्यालु लेकमा जमेको हिउँ पन्छाएर यातायात सुचारु गर्ने कार्य सुरु भएको छ । नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउका लागि मेसिन र यात्रुहरू मिलेर सो हिउँ फाल्ने कार्य गरिएको हो ।
देशभरको मौसम सफा रहने
देशभर मौसम बुधबार (आज) सामान्यतया सफा रहने जल तथा मौसमविज्ञान विभागले जनाएको छ ।
भक्तपुर–नगरकोट मुख्य सडक बन्द, यात्रुलाई सास्ती
निर्माण सुरु भएको आठ वर्षसम्म पनि सम्पन्न नगरेको भन्दै भक्तपुर–नगरकोट मुख्य सडकका बासिन्दा र नगरकोटका पर्यटन व्यवसायीले दुई दिनदेखि त्यहाँको सडक बन्द गराएका छन् । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको पर्यटकीय स्थल नगरकोट जाने मुख्य सडक निर्माण अलपत्र पारेर निर्माण कम्पनीले स्थानीय बासिन्दा र व्यवसायीलाई निकै सास्ती दिएको भन्दै छिटो सम्पन्न गर्न आन्दोलन स्वरूप सडक बन्द गराएका हुन् । सडक बन्द हुँदा यात्रुले सास्ती भोग्दै वैकल्पिक बाटोे प्रयोग गर्नुपरेको छ ।
चितुवाको आक्रमणबाट बालकको मृत्यु
तनहुँमा नरभक्षी चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।
सन्दीपसँगको बयान सकियो : ‘उक्साहटमा फसाइयो’
क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो।
भूकम्पीय जोखिमबाट जोगिन कृत्रिम घटना अभ्यास
शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी योजना अन्तर्गत मङ्गलबार धनगढीमा कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ।
ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-४ इखाबुको खानीगाउँमा एक घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ।
सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत यूएन मिसनहरुमा खटिई शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्याउँदै आईरहेको छ ।