१९ औं हस्तकला व्यापार मेला मङ्सिर २३ गतेदेखि
यही मङ्सिर २३ गते शुक्रबारदेखि २७ गते मङ्गलबारसम्म राजधानीमा १९ औं हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा सो मेला हुन लागिएको हो । बौद्धस्थित होटेल हायात रिजेन्सीमा हुने मेलामा हस्तकलाका वस्तुहरुको १५० वटा स्टल रहनेछन् ।
कैलाली ४ (ख)मा कांग्रेसका प्रकाशबहादुर बम विजयी
कैलाली निर्वाचन क्षेत्र नं. ४ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशबहादुर बम विजयी हुनुभएको छ ।
पर्सा ३ (ख)मा कांग्रेसका जनार्दन सिंह क्षेत्री विजयी
पर्सा निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार जनार्दन सिंह क्षेत्री १० हजार १९५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
राप्ती र बबई नदीका तटबन्धमा क्षति
गत असार,साउन र भदौ महिनाका वर्षात्ले राप्ती र बबई नदीले पुर्याएको क्षतिको विवरण सङ्कलन गरिएको छ । जनताको तटबन्धन लमही कार्यालयले बबई नदी र राप्ती नदीको बाढीले १३.७ किलोमिटर क्षेत्रफलमा क्षति बनाएको बताएको छ ।
मनाइयो विश्व सहर दिवस
विभिन्न कार्यक्रम आयोजना गरी विश्व सहर दिवस–२०७९ र विश्व सहरी योजना दिवस–२०७९ मनाइएको छ। यस वर्ष यो दिवसको नारा ‘दिगो विकासका लागि स्थानीय प्रयास’ तय गरिएको छ। सहरी विकास तथा भवन निर्माण विभागद्वारा सोमबार यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पीताम्बर शर्माले मुलुकमा पद्धति र व्यवस्थापकीय क्षमता विकास हुन नसक्दा सोचेजस्तो सहरी पूर्वाधारको विकास हुन नसकेको बताउनुभयो। भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले ठूला, अग्ला भवन र चौडा सडक नै सहरी विकासको मापदण्ड हुन नसक्ने भन्दै प्रदूषणरहित, सुरक्षित र व्यवस्थित सहर निर्माण आजको
चीनमा दोहोरियो कोभिड सङ्क्रमण
छिमेकी मुलुक चीनमा कोभिड–१९ को सङ्क्रमणले मानिसको मृत्यु हुन थालेपछि विश्वभर फेरि महामारी फैलने आशङ्का बढ्न थालेको छ। अहिले चीनमा दोहोरिएको कोभिड–१९ को सङ्क्रमण दर उच्च रहेको बताइएको छ। चिनियाँ सञ्चारमाध्यम सिजिटिएनका अनुसार चीनमा कोभिड सङ्क्रमण दिनानुदिन बढ्दो क्रममा छ। एक साताभित्र चीनमा तीन हजार ८२२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये तीन हजार ७४८ जनामा स्थानीयको सङ्क्रमण बल्झिएको हो भने बाँकी ७४ जनामा विदेशबाट आएकाबाट सङ्क्रमण फैलिएको जनाइएको छ। हालसम्म तीन लाख ४२ हजार ४८८ जना मेडिकल अनुगमनका क्रममा रहेका छन्।
नगर प्रहरी बलका प्रमुखसहित ३६ जना प्रहरी घाइते
थापाथलीको सुकुम्वासी बस्ती हटाउन जानेक्रममा बस्तीका मानिसहरूको आक्रमणमा परी काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन् ।
पाल्पा वाणिज्य सङ्घ अध्यक्षमा भट्टराई निर्वाचित
पाल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा शैलेन्द्र भट्टराई निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका लागि सोमबार भएको निर्वाचनबाट ६४१ मतसहित अध्यक्षमा भट्टराई निर्वाचित हुनुभएको हो ।
रुपन्देही १ को (ख) मा कांग्रेसका अब्दुल रजाक गद्दी विजयी
रुपन्देही निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार अब्दुल रजाक गद्दी १२ हजार १३७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।