• १६ असार २०८१, आइतबार

पाल्पा वाणिज्य सङ्घ अध्यक्षमा भट्टराई निर्वाचित

blog

रेखीराम राना

पाल्पा, मङ्सिर १२ गते । पाल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा शैलेन्द्र भट्टराई निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका लागि सोमबार भएको निर्वाचनबाट ६४१ मतसहित अध्यक्षमा भट्टराई निर्वाचित हुनुभएको हो । 

भट्टराईका प्रत्याशी राजीव श्रेष्ठले २०१ मत ल्याउनुभयो । अन्य सबै पदमा निर्विरोध र सहमति भए पनि अध्यक्ष, उद्योग उपाध्यक्ष र दुई सदस्य पदका लागि निर्वाचन भएको हो । अध्यक्ष पदका प्रत्याशी भट्टराई निवर्तमान महासचिव र श्रेष्ठ निवर्तमान कोषाध्यक्ष रहनुभएको थियो । 

यस्तै, उद्योग उपाध्यक्षमा उत्तमकुमार बज्राचार्य र रमेशराज बज्राचार्यबीच भएको प्रतिस्पर्धाबाट उत्तमकुमार बज्राचार्य विजयी हुनुभयो । बज्राचार्यले १०७ र उहाँका प्रतिस्पर्धी रमेशराजले ४० मत पाउनुभएको निर्वाचन अधिकृत टङ्क भट्टराईले जानकारी दिनुभयो । सदस्यमा कमल पाण्डे र लक्ष्मण बस्याल निर्वाचित हुनुभएको छ ।