• १६ चैत २०८०, शुक्रबार

पर्सा ३ (ख)मा कांग्रेसका जनार्दन सिंह क्षेत्री विजयी

blog

पर्सा, मङ्सिर १३ गते । पर्सा निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार जनार्दनसिंह क्षेत्री १० हजार १९५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार मधु गुप्ताले सात हजार ५०७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) पार्टीका उम्मेदवार प्रह्लाद गिरी गोस्वामीले छ हजार ५१७ मत ल्याउनुभएको छ ।