• १६ चैत २०८०, शुक्रबार

कैलाली ४ (ख)मा कांग्रेसका प्रकाशबहादुर बम विजयी

blog

कैलाली, मङ्सिर १३ गते । कैलाली निर्वाचन क्षेत्र नं. ४ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशबहादुर बम विजयी हुनुभएको छ । उहाँले १२ हजार ४७३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार हरिसिंह साउदले ११ हजार ९५७ मत ल्याउनुभएको छ । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार प्रकाशदत्त भट्टले एक हजार ९८९ मत ल्याउनुभएको छ ।