अन्तर्राष्ट्रिय आदिवासी दिवस सप्ताहव्यापी मनाइँदै
आदिवासी जनजातिजन्य संघ संस्थाले २८ औं विश्व आदिवासी दिवस एक हप्तासम्म मनाउने भएका छन् । विगतका वर्षमाजस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्त रुपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन् ।
कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई मतदानकाे व्यवस्था गर्ने आयोगको तयारी
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धश्रममा रहेको वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ ।
सांसदहरुको पदावधि मंसिर २१ सम्म : प्रमुख आयुक्त थपलिया
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले वर्तमान प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यहरुको पदावधि आगामी मंसिर २१ गतेसम्म कायम रहनेगरी सरकारलाई लेखी पठाएको जानकारी गराउनुभएको छ ।
सेतीदोभानमा मोटरेबल पुल निर्माण
अर्जुन चौपारी १ केवरे र आँधीखोला गाउँपालिका ५ सेतीदोभानमा मोटरेबल पुल निर्माण भएको छ । सिदार्थ राजमार्गबाट हेलु–अर्जुन चौपारी हुदै पर्वतको केवरे खोलामा एक बर्षमा मोटरेबल पुल निर्माण हुदाँ नागडाँडा आँधिखोला हुँदै पर्वत जाने सेतिखोला पुल आठ बर्षमा निर्माण सम्पन्न भएको हो ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सुधार गर्न जरुरी : आयोग अध्यक्ष मगर
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले संसदमा पेस गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन सुधार गर्नुपर्ने बताउनुभएको छ ।
वर्षाका कारण पाँच सडक पूर्ण र १३ आंशिकरुपमा अवरुद्ध
वर्षाका कारण हाल पूर्णरुपमा अवरुद्ध भएका सडकमा मुस्ताङको काभ्रेभिर, रारा राजमार्गको नुवाकोट–तोप्ला सडक, साँफेबगर–मार्तडी–कोल्टी सडकको अम्कोट–बल्दे सडक, रोल्पाको कोइलावास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तीगाउँ–थवाङ–लुकुम सडक र चितवनको मौरी पुल रहेको छ ।
एकै दिन ३२ जना कर्मचारी अनुपस्थित
बिहान सवा १० बजेसम्म कार्यालयमा सेवाग्राही खचाखच भरिए पनि कर्मचारीहरु नआएको देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले बिहीबार कर्मचारीको हाजिरी छड्के गरेको छ । हाजिरी छड्के गर्दा एकै दिन ३२ कर्मचारी अनुपस्थित रहेको देखिएको छ ।
सप्तकोसीको बाढीकाे कटानमा गोबरगाढाका विद्यालय र स्वास्थ्य चौकी
कोसीबाढी गोबरगाढाका कटान गरेको स्वास्थ्य चौकी र विद्यालय । तस्बिर – माला कर्ण
गुल्मीदरबारका शाखा प्रमुखहरुसँग वार्षिक कार्यसम्पादन सम्झौता
गुल्मीदरबार गाउँपालिकाले पालिकाभित्रका शाखा प्रमुख कर्मचारीहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार वार्षिक रुपमा गर्नुपर्ने कामहरुको बारेमा आर्थिक वर्षको सुरुवातमै शाखा प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।