सल्यानमा पहिरो : दुईको मृत्यु
सल्यानमा पहिरोमा परी दुई जनाको मृत्युभएको छ । जिल्लाको शारदा नगरपालिका –८ मार्के ओरगाउँका १२ वर्षिय अजय बिकको पहिरोमा परी ज्यान गएको छ । त्यस्तै, त्रिबेणी गाउँपालिका –२ गैह्रगिठीका माथिबाट झरेको ढुंगाले लागेर चन्द्रवहादुर पुनको मुत्यु भएको छ ।
जाडोयाम सुरु भएसँगै अस्पतालमा डेंगुका बिरामी घटे
निरन्तरको वर्षापछिको चिसो र जाडो समय शुरु भएसँगै अस्पतालमा डेंगुका बिरामीहरु कम हुँदैगएका छन् । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दशैं शुरु हुनुअघिको तुलनामा दशैं अवधिमा डेंगुका बिरामी कम हुँदैगएको देखिएको हो ।
सभामुख सापकोटासँग राजदूत यान्छीद्वारा बिदाइ भेट
सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गर्नुभएको छ । राजदूत यान्छीले शनिबार विहान सभामुखसँग उहाँको सरकारी निवास लैनचौरमा बिदाइ भेट गर्नुभएको हो ।
उम्मेदवार नबन्ने सभामुख सापकोटाको घोषणा
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ । सिंहदरवारमा शनिबार पत्रकार सम्मेलन गरी सभामुख सापकोटाले सो घोषणा गर्नुभएको हो ।
कनकासुन्दरीमा सात जनाको मृत्यु, आमा–छोरा बेपत्ता
जुम्लामा पहिरोमा परी सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जिल्लाको कनकासुन्दरी गाउँपालिका –५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यु भएको हो ।
ज्वरो आएपछि राष्ट्रपति भण्डारी शिक्षण अस्पताल भर्ना
राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना हुनुभएको छ । राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य परीक्षका लागि उहाँ अस्पताल भर्ना हुनुभएको उहाँको मुख्य स्वकीय डा. भेषराज अधिकारीले जानकारी दिनुभयो ।
एमाले पोलिटब्युराे सदस्य ढुङ्गेलको निधन
नेकपा (एमाले) का पोलिटब्युराे सदस्य बालकृष्ण ढुङ्गेलको निधन भएको छ । आज शनिबार उहाँको आफ्नै घरमा चिप्लेर निधन भएको उहाँका परिवारजनले बताएका छन् ।
बर्दियाको जब्दी पुल बाढीले बगायाे
मङ्गलबार रातिदेखि परेको अविरल वर्षाले बबई नदीमा आएको बाढीले बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया जोड्ने जब्दी पुल बगाएको छ । यसअघि २०७४ साउन २८ गते आएको बाढीका कारण १६ करोड ६८ लाख रुपियाँ लगानीमा बनेको ४२५ मिटर लम्बाईको उक्त पुलका तीनवटा स्पान भासिएका थिए ।
डुबानमा परेका १०३ जनाको उद्धार
लगातारको वर्षाका कारण राप्ती नदी बस्तीमा पसेपछि डुबानमा परेका दाङ देउखुरीका १०३ जनालाई उद्धार गरिएको छ । नेपाली सेना र सशस्त्र प्रहरीले देउखुरीका विभिन्न स्थानबाट उद्धार गरी सुरक्षित स्थानमा राखेको छ ।