तनहुँमा पहिलो पटक महिला प्रशासकीय अधिकृत
जिल्ला प्रशासन कार्यालय तनहुँमा प्रशासकीय अधिकृतमा पहिलो पटक महिलाले जिम्मेवारी सम्हाल्नु भएको छ । गृह मन्त्रालयले तनहुँको शुक्लागण्डकी बेलचौतारा माइत तथा इलाम घर भएकी हरिता श्रेष्ठ लाई उक्त जिम्मेवारी तोकेसँगै उहाँ पहिलो महिला अधिकृत हुनुभएको छ ।
तरकारीका बोराभरि लागूऔषध
तरकारी भरिएको बोराभित्र लुकाएर ल्याएको ठूलो परिमाणको औषधिजन्य लागूऔषध प्रहरीले नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौँको जडीबुटीमा तरकारी बोकेको प्रदेश २–०३–००१ च २५०९ नम्बरको बलेरो खानतलासी गर्दा ठूलो परिमाणको लागूऔषध बरामद गरेको हो। भिन्डी र झिँगनी राखेको छवटा बोराभित्र चाङ लगाएर राखेको अवस्थामा एक सय मिलीलिटरका एक हजार १८० थान डायलेक्स–डीसी तथा एक हजार २६० थान नाइट्राभेट ट्याब्लेट र १५० थान प्रोक्सिभन लागूऔषध बरामद गरेको हो।
महिला र बालबालिका बेचविखनको उच्च जोखिममा
पश्चिम नेपालका तराई र पहाडी जिल्लाका महिला तथा बालबालिका बेचविखनको उच्च जोखिममा रहेका छन् । अशिक्षा, गरिबी र चेतनाको कमीले उहाँहरु जोखिममा पर्दैगएको बेचविखन नियन्त्रणमा सक्रिय संघ संस्थाले जनाएका छन् ।
पैसा लुकाउने चिन्ताले मुलुक बिग्रियो : मन्त्री चौधरी
शहरी विकास मन्त्री मेटमणि चौधरीले नेता तथा कर्मचारीले पैसा लुकाउने ठाउँबारे चिन्ता गर्न थालेपछि मुलुक बिग्रिएको बताउनुभएको छ । बुधबार राजधानीमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७८–७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयनबारे आयोजित ३ दिने गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो ।
नागरिकता लिने विद्यार्थीको घुइँचो
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन पश्चात् सर्लाहीमा नागरिकता बनाउने विद्यार्थी ह्वात्तै बढेका छन् । सर्लाहीको सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयसहित हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयबाट नागरिकता जारी हुनेगरेको छ ।
काेसी पीडित भोकै बस्नुपर्दैन: मन्त्री कार्की
प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले सप्तकोसी नदीको उद्यपुरको बेलाका नगरपालिकास्थित बाँध फुटाएर बस्तीमा पसेका स्थानको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । बाँध फुटेको घटनास्थल पुगेर मन्त्री कार्कीले बाढी पीडित कोही पनि भोकै बस्नुपर्ने अवस्था आउन नदिने बताउनुभएको छ ।
सप्तरीमा ८० प्रतिशत रोपाइँ सम्पन्न
सप्तरीमा हालसम्म करिब ८० प्रतिशत रोपाइँको काम सम्पन्न भएको छ । धान रोपाइँ गर्नेवेला लामो समय खडेरी परेर हाल दुई दिन पानी पर्दा करिब ८० प्रतिशतसम्म रोपाई भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
यात्रुबाट मनपरी भाडा असुलेको गुनासो
यात्रु ओसारपसार गर्ने सवारीसाधनले यात्रुबाट मनपरी भाडा असुल गरेका छन् । जिल्लाभित्र विभिन्न स्थानमा सञ्चालनमा आएका यात्रुबाहक सवारीसाधनले यात्रुबाट मनपरी भाडा असुलेको यात्रुहरूको गुनासो छ ।
मेलमिलापका माध्यमबाट न्याय निरुपणमा जोड हुनेछ : उपप्रमुख डंगोल
काठमाडौं महानगरको न्यायिक समितिले इजलासबाट न्याय निरुपणका काम थालनी गरेको छ । इजलास मर्मत भइरहेकोले यस अघि महानगरको सभा कक्षबाट काम हुँदै आएको थियो ।