• १२ साउन २०८१, शनिबार

‘गणेशकवि श्यामदास वैष्णव’ नामक कृति लोकार्पण

blog

नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘गणेशकवि श्यामदास वैष्णव’नामक जीवनीकृतिको पनि लोकार्पण

काठमाडौँ, साउन ११ गते । नइ प्रकाशनको स‌ंयोजनमा वानीरा फाउन्डेसनले शुक्रबार राजधानी काठमाडौँमा गणेशकवि श्यामदास वैष्णवको शतवार्षिकी मनायो । सो अवसरमा नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘गणेशकवि श्यामदास वैष्णव’नामक जीवनीकृतिको पनि लोकार्पण भयो ।

प्रमुख अतिथि लोकमानसिंह कार्कीलगायत नीर शाह र शङ्कर गिरीबाट लोकार्पित उक्त कृतिमा वैष्णवको जीवनका सम्पूर्ण दस्तावेजलाई सङ्क्षेपमा प्रस्तुत गरिएको छ ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा नीर शाह, मदनदास श्रेष्ठ, भगवती बस्नेत र नरेन्द्रराज प्रसाईले वैष्णवको जीवन र कृतिकाबारे मन्तव्य प्रकट गर्नुभयो ।

‘गणेशकवि श्यामदास वैष्णव’नामक जीवनीकृतिमा वैष्णवको बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारिजात, उत्तम कुँवर र वानीरा गिरीसँगको अन्तरसम्बन्ध पनि सविस्तार खुलाइएको छ ।