नियमनबाहिर सामाजिक सञ्जाल
सरकारले सामाजिक सञ्जाललाई सूचीकरण एवं दर्ता गर्नका लागि पहलसँगै आवश्यक संवाद अघि बढाएको छ । साइबर सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पुग्ने सन्दर्भलाई दृष्टिगत सरकारले सामाजिक सञ्जाल सूचीकरणका लागि काम अघि बढाएको हो ।
हराउँदै धर्मघडा संस्कृति, बिरानो बन्दै चौतारी
“उकाली–ओराली, मेलापात र घाँसदाउरा गर्दा चौतारीमा टुसुक्क बसिन्थ्यो । त्यतिबेला ठाउँ ठाउँमा चौतारी हुन्थे, त्यहाँ बसेर थाकेका यात्रु आराम गर्थे,” बेँसीसहर–११, चितिका ऋषिराज दवाडीले पुराना दिनको सम्झना गर्नुभयो ।
नागरिक लगानी कोषले बाँड्यो एक अर्ब ५२ करोड
नागरिक लगानी कोषबाट सहभागीहरूलाई एक अर्ब ५२ करोड थप प्रतिफल प्रदान गरेको छ ।
नेपाल सरकारको उपसचिव हूँ भनी ठगी गर्ने पक्राउ
प्रहरीले विभिन्न व्यक्तिलाई फरक–फरक परिचय दिइ ठगी गर्ने ४० वर्षीया जानकी न्यौपानेलाई पक्राउ गरेको छ ।
असारभित्र जग्गा नापजाँचको काम पूरा गर्न आयोगको आग्रह
भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले आगामी असारभित्रै भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको जग्गा नापजाँचको काम पुरा गर्न पालिकाका जनप्रतिनिधीहरुसँग आग्रह गर्नुभएको छ ।
भेरी अस्पताल सुदृढीकरणका लागि एमालेको पहल
भेरी अस्पतालको सेवा सुदृढीकरणका लागि नेकपा (एमाले)ले ध्यानाकर्षण गराएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीलाई सोमबार एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र नेतृत्वको टोलीलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
अश्राङ-बोर्लाङ-घाटबेँसी-आरुघाट सडक खण्ड कालोपत्रे सुरु
गोरखाको भिमसेन थापा गाउँपालिकादेखि आरुघाटसम्म पुग्ने अश्राङ-बोर्लाङ-घाटबेँसी-आरुघाट सडक खण्ड कालोपत्र सुरु भएको छ ।
नौ वर्षपछि प्रहरी पोस्टको आफ्नै भवन
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-६ को जन्तरखानी ठडेमा स्थापना भएको प्रहरी पोस्टको नौ वर्षपछि आफ्नै भवन बनेको छ ।
राप्ती आँखा अस्पतालमा विशिष्टकृत सेवा थप
साविकको राप्ती अञ्चलभित्रका जिल्लाहरूमा आँखा स्वास्थ्य उपचार सेवा दिँदै आएको राप्ती आँखा अस्पतालमा विशिष्टकृत सेवा थपिएको छ ।
बाँकेका स्थानीय तहले दुई अर्ब ४१ करोड अनुदान पाउने
बाँकेका आठ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२-०८३ मा राजस्व बाँडफाँड र वित्तीय समानीकरणतर्फ अनुमानित दुई अर्ब ४१ करोड अनुदान प्राप्त गर्ने भएका छन् ।
सञ्चार नीति बनाउँदै कोहलपुर
बाँकेको कोहलपुर नगरपालिकाले आमसञ्चार नीति बनाउने भएको छ । सञ्चार नीति बनाउनका लागि नगरपालिकाले अहिले सरोकारवाला पक्षहरूसँग सल्लाह सुझाव सङ्कलन गर्ने काम सुरु गरेको हो ।
सङ्घीय निजामती ऐन जारीको माग गर्दै कर्मचारी सङ्गठनले बुझाए ज्ञापनपत्र
खोटाङका चार कर्मचारी सङ्गठनले सङ्घीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ला प्रशासनमार्फत सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् ।
सडक पुल र बस्ती संरक्षणका लागि तटबन्धन निर्माण सुरु
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक आयोजनाले सडक पुल र बस्ती संरक्षणका लागि रघुगङ्गा नदीमा पक्की तटबन्धन निर्माण सुरु गरेको छ।
हिमाली संवादको तयारी पूरा
जलवायु परिवर्तनका असरले पारेको प्रभावका विषयमा छलफल गर्न आयोजना गरिएको हिमाली संवादको तयारी पूरा भएको छ ।
पाँचथरमा सवारी दुर्घटना, नाै जना घाइते
पाँचथर जिल्लाका तीन फरक स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा नौ जना घाइते भएका छन् । सबै घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बागलुङमा मोटरेबल पुल निर्माण अलपत्र
बागलुङका दुई वटा मोटरेबल पुल निमार्ण थालिएको आठ वर्षदेखि अलपत्र परेका छन् ।
चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला
“अब त यस्तो लाग्न थालिसक्यो, एक दिन जङ्गल नपस्दा र जङ्गली जनावर नदेख्दा केही कुरा बिर्सिएजस्तो, केही कुरा छुटेजस्तो अनि जनावरले आफूलाई पर्खेजस्तो ।”
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग विवाद : यस्ता छन् स्थानीयका माग
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर निर्माण कार्य जारी छ ।
राजकाँडा धुलीकोट ऐतिहासिक पर्यटकिय स्थल ओझेलमा
कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ७ मा एउटा ऐतिहासिक भक्नावेश छ । जसलाई राजकाँडा धुलीकोट भनिन्छ ।
‘प्रधानमन्त्री रोजगार कार्यक्रमले घरखर्च चलाउन सहज’
धनुषाको छिरेश्वरनाथ नगरपालिका–६, सखुवा बजारकी दुखनीदवी पासवान काम पाउँदा खुसी देखिनुभएको छ ।
बिजुलीको तार गाडीमा खस्दा आगलागी : घाइते दुई जनालाई काठमाडौँ पठाइयो
लत्रिएको बिजुलीको तार गुडिरहेको बोलेरो गाडीमा करेन्ट लाग्दा घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ ।
गोरु पाल्ने कृषकलाई रुरुक्षेत्रले अनुदान दिने
गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका गोरु पाल्ने कृषकलाई अनुदान प्रदान गर्ने भएको छ ।
आठ वटा अस्पतालमा १५ सेवा थपिने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वैशाख महिनाभर विभिन्न आठ सङ्घीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको कार्यक्रम सार्वजनिक गरेका छन् ।
सामूहिकतामा विश्वास गर्ने चेपाङ
अतिसीमान्तकृत आदिवासी जनजातिका रूपमा सूचीकृत चेपाङको मूल थातथलो धादिङ, चितवन, मकवानपुर र गोरखा जिल्लामा छ ।