• ८ वैशाख २०८२, सोमबार

पाँचथरमा सवारी दुर्घटना, नाै जना घाइते

blog

राधा लुइटेल

फिदिम, वैशाख ८ गते । पाँचथर जिल्लाका तीन फरक स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा नौ जना घाइते भएका छन् । सबै घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मेची राजमार्ग अन्तर्गत नगरपालिका–३ को कोइचोकस्थित दिउँसो १२:३० बजे बिर्तामोडबाट फिदिमतर्फ आइरहेको ट्रकलाई ओभरटेक गर्ने क्रममा अटो अनियन्त्रित भई ठोक्किँदा पाँच जना घाइते भएका थिए ।

दिउँसो ३ बजे भएको दोस्रो दुर्घटनामा दुई जना घाइते भएका छन् । फिदिम–प्राङबुङ सडकखण्ड अन्तर्गत फिदिम फालौट मार्गमा बोलेरो दुर्घटना भएको थियो । ब्रेक फेल भई दुर्घटना हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनालाल साहले बताउनुभयो । यस्तै फाल्गुनन्द गाउँपालिका–१ स्थित सिद्धदेवी मावि नजिकै मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

घाइतेहरू सबैको फिदिमस्थित अस्पतालमा गरिएको छ । सवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।