नीति तथा कार्यक्र : मुद्दा फछ्रयोटमा तीव्रता दिइने
सरकारले न्यायपालिकालाई साधन स्रोत सम्पन्न बनाई विचाराधीन मुद्दाको शीघ्र फछ्र्योट गर्ने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आगामी आव २०८१/८२ को वार्षिक नीति तथा कार्यकममा सर्वोच्च अदालतको कार्यबोझ घटाउन आवश्यक पहल गरी कार्यविधि सरलीकरण गरिने उल्लेख छ ।
नीति तथा कार्यक्रममा खेलकुद : प्राथमिकतामा पूर्वाधार निर्माण
सरकारले आगामी आर्थिक वर्षमा खेलकुदको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने बताउनुभयो ।
सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने
सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान् युवालाई ‘फेलोसिप’ उपलब्ध गराउने व्यवस्था मिलाउने भएको छ ।
सरकारले “राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम” सञ्चालन गर्ने
सरकारले “राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम” सञ्चालन गर्ने भएको छ । मङ्गलबार सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द पौडेलले यस्तो घोषणा गर्नुभएको हो ।
सीप बिना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गर्ने घोषणा
सरकारले सीप बिना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ । मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।
घाइते तथा अपाङ्गको दिगो समाधानका लागि उच्चस्तरीय समिति बन्ने
सरकारले विभिन्न राजनीतिक आन्दोलनका घाइते तथा अपाङ्गको दिगो समाधानका लागि उच्चस्तरीय समिति गठन गर्ने भएको छ।
सरकारी सेवामा टाइम कार्ड लागू गरिने
सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी सेवामा टाइम कार्ड लागू गर्ने भएको छ ।
प्रहरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने
सरकारले प्रहरी कर्मचारीको सेवा निवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाउने भएको छ ।
सीमा समस्या समाधानका लागि कूटनीतिक पहल
सरकारले आगामी आर्थिक वर्षमा सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्ने भएको छ ।
आधारभूत अस्पतालको निर्माण कार्य शीघ्र सम्पन्न गरिने
सरकारले निमार्णको चरणमा रहेका आधारभूत अस्पतालको निमार्ण कार्य सिघ्र सम्पन्न गर्ने भएको छ ।
सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई शैक्षिक संस्थाको रूपमा विकास गरिने
सरकारले सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई हृदय रोग सम्बन्धी विशेषज्ञ उत्पादन गर्न शैक्षिक संस्थाको रूपमा विकास गर्ने नीति ल्याएको छ ।
सङ्घ, प्रदेश र स्थानीयबाट प्रवाह हुने स्वास्थ्य सेवाको वर्गीकरण गरिने
सरकारले सङ्घ, प्रदेश र स्थानीयबाट प्रवाह हुने स्वास्थ्य सेवाको वर्गीकरण गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
विदेशमा रहेका नेपालीलाई राहदानी वितरणमा सहज बनाइने
सरकारले आगामी आर्थिक वर्षमा स्वदेश र विदेशमा रहेका नेपालीलाई राहदानी वितरण सहज रुपमा गरिने भएको छ ।
प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गरिने
सरकारले सुरु गरिने तीनै तहका स्वास्थ्य सेवा प्रणाली, भौतिक पूर्वाधार, जनशक्ति समाधानको एकीकृत गरी एवम् समन्वयको परिचालन गरी प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गरिने भएको छ ।
कर्मचारीको अवकाश उमेर पुनरवलोकन हुने
सरकारले आगामी आर्थिक वर्षमा बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि चिकित्सा शास्त्र सङ्कायको स्नातक तहको कक्षा सुरु गरिने
सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि चिकित्सा शास्त्र सङ्कायको स्नातक तहको कक्षा सुरु गर्ने भएको छ ।
सरकारद्वारा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा
सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो ।
पाँच वर्षमा सबै बालबालिकामा आधारभूत शिक्षाको सुनिश्चितता हुने
सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चित गर्ने घोषणा गरेको छ।
वैदेशिक रोजगार सम्बद्ध कानुनलाई परिमार्जन गरिने
सरकारले आगामी आर्थिक वर्षमा वैदेशिक रोजगार सम्बद्ध कानुनलाई परिमार्जन गरिने भएको छ ।
सहिद दशरथ चन्द्र विश्व विद्यालयमा तीन सय शय्या क्षमताको मेडिकल कलेज सञ्चालन गरिने
सरकारले सहिद दशरथ चन्द्र विश्व विद्यालयमा तीन सय शय्याको क्षमताको मेडिकल कलेज यसै वर्ष सञ्चालन गर्ने भएको छ ।
घरजग्गा कारोबारलाई व्यवस्थित गर्न कानुनी तथा संरचनागत सुधार गर्ने घोषणा
सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न र जमिनको मूल्याङ्कन प्रणाली व्यवस्थित गर्न आवश्यक कानुनी तथा संरचनागत सुधार गर्ने घोषणा गरेको छ ।
१०औँ राष्ट्रिय खेलकुद समयमै गरिने
सरकारले आगामी आर्थिक वर्षमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने भएको छ ।
जल यातायात सुरु गर्ने सरकारको घोषणा
सरकारले जल यातायात सुरु गर्ने घोषणा गरेको छ। मंगलबार सङ्घीय ससद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो।