मेलम्चीको खानेपानी काठमाडौँमा १२ महिना आपूर्तिको व्यवस्था मिलाइने
सरकारले मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने भएको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो।
अङ्ग्रेजी, विज्ञान र गणितका विद्यार्थी प्रशिक्षार्थी शिक्षक
सरकारले आगामी आर्थिक वर्षमा अङ्ग्रेजी, विज्ञान र गणित विषयको शिक्षक अभाव पूर्ति गर्नका लागि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षार्थी शिक्षकको रूपमा प्रयोग गर्ने भएको छ ।
२०८२ सम्म सडक मानवमुक्त बनाइने
सरकारले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने घोषणा गरेको छ ।
शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुन नपाउने
सरकारले शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुन नपाउने व्यवस्थाको कार्यान्वयन गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
शिक्षकलाई अब मासिक रूपमा तलब
सरकारले आगामी आर्थिक वर्षमा शिक्षकको तलब मासिक रूपमा प्रदान गर्ने भएको छ ।
राष्ट्रपति महिला कार्यक्रमलाई प्रभावकारी बनाइने
सरकारले राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रमलाई पुनः संरचना गरेर थप प्रभावकारी बनाउने भएको छ ।
नेपालमा शिक्षा हासिल गर्न आउने विद्यार्थीलाई भिसा सहजीकरण गरिने
सरकारले नेपालमा शिक्षा हासिल गर्न आउने विद्यार्थीलाई भिसा सहजीकरण गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
निमार्ण कार्यमा रहेका आयोजनाको अनिवार्य बिमा गरिने
सरकारले निमार्ण कार्यमा रहेका आयोजनाको अनिवार्य बिमा गरिने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
मेलम्ची आयोजनाबाट बाह्रै महिना खानेपानी
सरकारले आगामी आर्थिक वर्षमा मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने भएको छ ।
आगामी आर्थिक वर्षभित्र सुदूरपश्चिम र कर्णालीका सबै क्षेत्रमा विद्युत
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो।
गुणस्तरीय तथा भरपर्दो खानेपानी सुविधा उपलब्ध गराउने
सरकारले खानेपानीका कार्यक्रम कार्यान्वयन गरिने र गराउने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने सरकारको योजना
सरकारले नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने भएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने योजना सार्वजनिक गरिएको हो ।
वर्क स्टेसन स्थापना गरेर पाँच हजारलाई रोजगारी
सरकारले आगामी आर्थिक वर्षमा वर्क स्टेसन स्थापना गरेर पाँच हजारलाई रोजगारी सृजना गर्ने भएको छ ।
२०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा
सरकारले नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८१ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ ।
हेटौँडा ढल्केबर इनरुवा प्रसारण लाइनको निर्माण सकिने
सरकारले आगामी आर्थिक वर्षमा हेटौँडा ढल्केबर इनरुवा प्रसारण लाइनको निर्माण कार्य सक्ने भएको छ ।
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने
सरकारले राष्ट्रिय संस्कृति नीति कार्यान्वयनमा ल्याउने भएको छ। राष्ट्रिय महत्त्वका अभिलेख आधुनिक प्रविधिबाट संरक्षण गर्ने भएको छ।
बागमती नदी आसपासमा पुनः भरणको व्यवस्था
सरकारले आगामी आर्थिक वर्षमा हिउँद याममा बागमती नदीको बहाव सन्तुलन गर्नका लागि बागमती नदी आसपासमा पुनः भरणको व्यवस्था गर्ने भएको छ ।
टाकुरा पर्यटकीय गन्तव्य विकास गर्ने सरकारको घोषणा
तीन तहका सरकार र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने घोषणा गरेको छ ।
कर्णाली प्रदेशमा खाद्य प्रशोधन केन्द्र स्थापना : घरेलु मदिराको ब्रान्डिङ हुने
सरकारले दुर्गम तथा पहाडी जिल्लामा खाद्यान्न तथा नुन को नियमित आपूर्ति सुनिश्चितता गर्ने घोषणा गरेको छ ।
वातावरण मैत्री एकीकृत यातायात प्रणाली विकास गरिने
सरकारले आगामी आर्थिक वर्षमा वातावरण मैत्री एकीकृत यातायात प्रणाली विकास गर्ने जनाएको छ ।
वन्यजन्तुबाट बालीनालीमा हुने क्षति नियन्त्रण गरिने
सरकारले बाँदर, बँदेल, दुम्सी, हरिण, मृगलगायतका जीवजन्तुबाट बालीनालीमा हुने क्षति न्यून गर्न स्थानीय तहको समन्वयमा नियन्त्रणात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
केरुङ काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन
सरकारले आगामी आर्थिक वर्षमा केरुङ काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सक्ने जनाएको छ ।
नेपालमा अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनका लागि आकर्षण बढाइने
सरकारले अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायाङ्कनका लागि आकर्षित गरी पर्यटन प्रवर्द्धन गर्ने भएको छ ।
युवालाई स्टार्ट अप कार्यक्रम सञ्चालन गर्न कर्जा
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी आर्थिक वर्षमा एक हजार युवालाई स्टार्ट अप कार्यक्रम सञ्चालन गर्न कर्जा प्रदान गरिने बताउनुभएको छ ।