• १२ साउन २०८१, शनिबार

आगामी आर्थिक वर्षभित्र सुदूरपश्चिम र कर्णालीका सबै क्षेत्रमा विद्युत

blog

मंगलबार बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १ गते। आगामी आर्थिक वर्षभित्र सुदूरपश्चिम र कर्णालीको बाँकी क्षेत्रमा विद्युतीकरण हुने भएको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो।

राष्ट्रिय विद्युत प्राधिकरणको प्रणालीमा नजोडिएका र विद्युतको पहुँच नपुगेका क्षेत्रमा लघु तथा साना जलविद्युत सौर्य एवम् वायु ऊर्जा प्रविधिमार्फत विद्युतीयकरण गर्ने सरकारको योजना छ।

विद्युत वितरण सबस्टेसनलाई स्वचालित बनाउने योजना सरकारले बनाएको छ। स्थानीय तह समेतको समन्वयमा स्मार्ट मिटर वितरण हुनेछ।