• ११ पुस २०८१, बिहिबार

शिक्षकलाई अब मासिक रूपमा तलब

blog

काठमाडौँ, जेठ १ गते । सरकारले आगामी आर्थिक वर्षमा शिक्षकको तलब मासिक रूपमा प्रदान गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि शिक्षकलाई मासिक रूपमा तलब दिने बताउनुभयो । शिक्षकले अहिले त्रैमासिक रूपमा तलब पाउँदै आएका छन् ।