आगामी आर्थिक वर्षभित्रै कन्ट्री रेटिङ गर्ने घोषणा
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा भित्रै कन्ट्री रेटिङ गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो ।
सरकारले पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने
सरकारले देशभरका पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।
जलवायु परिवर्तनको असर न्यूनीकरण गरिने
सरकारले जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलन तथा विपत् जोखिम न्यूनीकरणका लागि राष्ट्रिय नीति तथा कार्ययोजना कार्यान्वयन गरिने भएको छ ।
टाकुरा पर्यटन विकासमा जोड
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी आर्थिक वर्षमा पर्यटकीय सम्भावना भएका स्थानीय स्रोत साधनको प्रयोग गरी तीनै तहको समन्वयमा टाकुरा पर्यटन विकास गरिने बताउनुभएको छ ।
निर्यातजन्य वस्तुको उत्पादनलाई प्रोत्साहन
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी आर्थिक वर्षमा निर्यातजन्य वस्तुको उत्पादनलाई प्रोत्साहन गरिने बताउनुभएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति (फोटो फिचर)
सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ।
आगामी आर्थिक वर्ष प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनोट गरिने
आगामी आर्थिक वर्षमा पूर्वतयारी पूरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनोट गरिने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पूर्वतयारी पूरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनोट गरिने उल्लेख गरिएको हो ।
‘मेक इन नेपाल र मेड इन’ नेपाललाई प्रवर्द्धन
राष्ट्रपति रामचन्द्र पौडेलले ‘मेक इन नेपाल र मेड इन’ नेपाललाई प्रवर्द्धन गरिने बताउनुभएको छ ।
२०४५ भित्र शून्य कार्बन उत्सर्जन गर्ने सरकारको लक्ष्य
सरकारले २०४५ भित्र शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने भएको छ । मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।
१५ हजार पाँच सय हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरिने
सरकारले आगामी आर्थिक वर्षमा १५ हजार पाँच सय हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सुविधा विस्तार गर्ने भएको छ ।
प्रत्येक प्रदेशमा एक हजार गाई र भैँसी पालन क्षमता
तीन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा कम्तीमा एक हजार गाई र भैँसी पालन क्षमताको पूर्वाधारसहित स्रोत केन्द्र विकास हुने भएको छ।
कर्णाली प्रदेशमा एकीकृत कर्णाली सिँचाइ कार्यक्रम सुरु गरिने
राष्ट्रपति रामचन्द्र पौडेलले कर्णाली प्रदेशमा एकीकृत कर्णाली सिँचाइ कार्यक्रम सुरु गरिने बताउनुभएको छ ।
सहकारी संस्थाको सुपरिवेक्षणका लागि विशिष्टकृत नियामक निकाय स्थापना गरिने
सरकारले सहकारी संस्थाको सुपरिवेक्षण र नियमनका लागि विशिष्टिकृत नियामक निकाय स्थापना गर्ने भएको छ । मङ्गलबार आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी संस्थाको सघन सुपरिवेक्षण र नियमनका लागि विशिष्टिकृत नियामक निकाय स्थापना गरिने बताउनुभएको हो ।
कृषि लगानी वर्ष घोषणा गरिने
ससरकारले आर्थिक वर्ष २०८१/२०८२ लाई कृषि लगानी वर्ष घोषणा गर्ने भएको छ ।
सम्भाव्य आयोजनालाई सार्वजनिक र निजी लगानीमा निर्माण गरिने
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको सम्भाव्य आयोजनालाई सार्वजनिक र निजी लगानीमा निर्माण गरिने बताउनुभएको छ ।
‘भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता’
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।
अर्थतन्त्रमा क्रमशः सुधार हुँदैछ : राष्ट्रपति
सरकारले वित्त तथा मौद्रिक नीतिको समान्जस्यता कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको बताएको छ । मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसदमा पेस गर्दै यस्तो बताउनुभएको हो ।
स्वास्थ्य सामग्रीको आपूर्ति सहज बनाइने
राष्ट्रपति रामचन्द्र पौडेलले औषधी र खोप लगायतका स्वास्थ्य सामग्रीहरूको आपूर्ति सहज बनाई स्वास्थ्य सेवामा नागरिकको पहुँच वृद्धि गरिने बताउनुभएको छ ।
गरिब नागरिकलाई विद्युतीय चुल्हो उपलब्ध गराउने
सरकारले गरिब नागरिकका लागि विद्युतीय चुह्लो उपलब्ध गराउने घोषणा गरेको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहका कानुनको ढाँचामा एकरुपता ल्याइने
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घ, प्रदेश र स्थानीय तहका कानुनको ढाँचामा एकरुपता ल्याइने बताउनुभएको छ ।
कुल जनसङ्ख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कुल जनसङ्ख्याको ९८ प्रतिशतमा विद्युत् पहुँच पुगेको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (प्रत्यक्ष प्रसारण)
सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तति सुरु भएको छ ।
राष्ट्रिय सभाका अध्यक्षसँग प्रमुख दलका नेताको छलफल
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको पहलमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग संसद भवन बानेश्वरमा छलफल भएको छ।
सदनका बैठक निर्बाध सञ्चालनका लागि सभामुखद्वारा प्रमुख सचेतकसँग छलफल
सभामुख देवराज घिमिरेले निर्बाध रूपमा सदन सञ्चालनको वातावरण बनाउने विषयमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्नुभएको छ ।