• १ जेठ २०८२, बिहिबार

जलवायु परिवर्तनको असर न्यूनीकरण गरिने

blog

फाइल तस्बिर ।

काठमाडौं, जेठ १ गते । सरकारले जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलन तथा विपत् जोखिम न्यूनीकरणका लागि राष्ट्रिय नीति तथा कार्ययोजना कार्यान्वयन गरिने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनका कारण हिमाली तथा पर्वतीय क्षेत्रमा परेको प्रभाव सम्बन्धी मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्न नेपालको नेतृत्वदायी भूमिका स्थापित गरिने बताउनुभयो ।