• २ साउन २०८१, बुधबार

वैदेशिक रोजगार सम्बद्ध कानुनलाई परिमार्जन गरिने

blog

काठमाडौँ, जेठ १ गते । सरकारले आगामी आर्थिक वर्षमा वैदेशिक रोजगार सम्बद्ध कानुनलाई परिमार्जन गरिने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनका लागि वैदेशिक रोजगार सम्बद्ध कानुनलाई परिमार्जन गर्दै जाने बताउनुभयो ।