• १२ साउन २०८१, शनिबार

पाँच वर्षमा सबै बालबालिकामा आधारभूत शिक्षाको सुनिश्चितता हुने

blog

मंगलबार बसेको संघीय संसदको संयुक्त बैठक । तस्बिर : केशब गुरुङ

काठमाडौँ, जेठ १ गते। सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चित गर्ने घोषणा गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै अभिभावकविहीन असह्य, अशक्त, बेवारिसे, हिंसापीडित तथा बालबालिकाको उद्धार एवम् संरक्षणका लागि प्रदेश तहमा आपत्कालीन बाल उद्धार तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। 

उहाँले प्रदेश तहमा आपत्कालीन बाल उद्धार तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। 

सरकारले तीन तहको सरकारको लागत साझेदारी र व्यवस्थापनमा बालगृह, बालग्राम, बाल सुधार गृहको भौतिक पूर्वाधार विकास गर्ने भएको छ। बाल सुधार गृहमा रहेका बालबालिकाको स्वास्थ्य बिमा गर्ने भएको छ। बाल न्याय प्रणालीलाई थप प्रभावकारी बनाउने घोषणासमेत गरेको छ।

बालबालिका माथिको दुर्व्यवहार महिला हिंसा, मानव बेचबिखन, बलात्कार, छुवाछुत, लागूपदार्थ दुर्व्यसन, छाउपडी, दाइजो तथा तिलक जस्ता सामाग्री र विकृति अन्त्य गर्ने घोषण गरेको छ। 

दाइजो, बोक्सी, झाँक्री, छाउपडी जस्ता विकृति अन्त्य गर्न सामाजिक कुरीति नियन्त्रण सम्बन्धी कार्यक्रम कडाइका साथ कार्यान्वयन हुने भएको छ। 

बलात्कार तथा घरेलु हिंसा लगायत सबै प्रकारका हिंसा, विभेद लगायत शोषणसम्बन्धी मुद्दामा सरल, सुलभ र छिटो न्याय निरूपण हुने व्यवस्था मिलाइनेछ। सबै प्रहरी चौकीमा पहिला सहायता कक्षको व्यवस्था हुने भएको छ। 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।