• १२ साउन २०८१, शनिबार

सरकारी सेवामा टाइम कार्ड लागू गरिने

blog

काठमाडौँ, जेठ १ गते । सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी सेवामा टाइम कार्ड लागू गर्ने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि टाइम कार्ड लागू गर्ने बताउनुभयो । नागरिकले सेवा प्रदान गर्दा हुने झन्झट समाधान गर्नका लागि यो व्यवस्था गर्न लागिएको हो ।