कांग्रेसले मन्त्री चयन गर्ने आधार तयार गर्यो
नेपाली कांग्रेसले योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनको आधारमा मन्त्री चयन गर्ने काँग्रेसको निर्णय गरेको छ ।
त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजीमा वाटर ड्रोनको प्रयोग
शुक्रबार पहिरोले त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रु बसको खोजीमा प्रहरीले वाटर ड्रोन प्रयोग गरेको छ। बेपत्ता भएको लामो समयसम्म पनि दुई बस र यात्रु फेला नपरेपछि प्रहरीले पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु गरेको हो।
बेलीबृज निर्माणले राजमार्गसँग जोडियो महावै
कालीकोटको महावै गाउँपालिका कर्णाली राजमार्गसँग प्रत्यक्ष जोडिएको छ । महावै गाउँपालिका –५ र खाँडाचक्र नगरपालिका –८ सेरावाडामा तिला नदीमाथि बेलीबिृज बनेपछि महावै गाउँपालिका राजमार्गसँग जोडिएको हो ।
बन्दीप्रत्यक्षीकरण रिट खारेज : बालिकाको इच्छाको कदर
काठमाडौँ महानगरपालिका, महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट शुक्रबार खारेज भएको छ ।
एमाले हुम्ला कमिटीले पायो पूर्णता
नेकपा (एमाले) हुम्लाको जिल्ला कमिटीले पूर्णता पाएको छ । अधिवेशनपछि चयन हुन नसकेको मनोनीत जिल्ला कमिटी सदस्य, सचिवालय गठन, विभाग गठन र सल्लाहकार समिति गठन भएपछि कमिटीले पूर्णता पाएको हो ।
ट्याङ्कर फसेपछि सडक अवरुद्ध
व्यास नगरपालिका–१० स्थित डिहीगाउँमा ट्याङ्कर फसेपछि अवरुद्ध भएको सदरमुकाम दमौलीदेखि दुम्सीचौर जाने सडक खण्ड ।
अबुँवा–बिर्दी–सेरा सडक अबरुद्ध
गोरखाको पालुङटार नगरपालिका र गोरखा नगरपालिका सीमामा शनिबार बिहान ११ बजे पहिरो जाँदा अबुँवा–बिर्दी–सेरा सडकखण्ड अवरुद्ध भएको छ ।
अलपत्र १४ पर्यटकको हेलिकोप्टरमार्फत उद्धार
अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण अलपत्र परेका पर्यटकहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । दोलखाको गौरीशङ्कर गाउँपालिकाको रोल्वालिङ क्षेत्रमा अलपत्र परेका १४ जनाको उद्धारका लागि हेलिकोप्टर पठाइएको थियो ।
भानु जयन्तीमा कविता प्रतियोगिता
राष्ट्रिय विभूति एवं आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको अवसरमा शनिवार बर्दिबासमा तेस्रो नगरस्तरीय अन्तर मावि कविता प्रतियोगिता सम्पन्न भएको छ ।
नगदसहित हुण्डी कारोबारी प्रहरी नियन्त्रणमा
अवैध रूपमा हुण्डीको कारोबार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले २४ लाख रुपियाँ नगदसहित नियन्त्रणमा लिएको छ ।
नगरपालिकाको प्राथमिकतामा शिक्षा, स्वास्थ्य र पर्यटन
तानसेन नगरपालिकाले १५ औँ अधिवेशनको दोस्रो बैठकबाट आर्थिक वर्ष २०८१/०८२ को नीति कार्यक्रम तथा बजेट पारित गरेको छ ।
सिमकोट बजारमा सिसिटिभी क्यामरा जडान
हुम्लाको सदरमुकाम सिमकोट बजारमा सिसिटिभी क्यामरा जडान गरिएको छ । चोरी तथा अन्य आपराधिक घटना नियन्त्रणमा सहजता ल्याउनका लागि सिमकोट गाउँपालिका र जिल्ला प्रहरी कार्यालय हुम्लाको सहकार्य र समन्वयमा क्यामरा जडान गरिएको हो ।
डुबेर बालिकाको मृत्यु
सर्लाहीको लालबन्दी नगरपालिका –१७, रानिगन्जमा खेतमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु
पोखरा महानगरपालिका वडा नम्बर ३० को खुदीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर शुक्रबार साँझ एक जनाको मृत्यु भएको छ ।
गत वर्षकै हाराहारीमा चैते धान उत्पादन
अन्न भण्डार जिल्लाको रूपमा चिनिने कैलालीमा यसवर्ष गतवर्षकै हाराहारीमा चैते धान उत्पादन भएको छ । यहाँ यस वर्ष पाँच हजार ७२० मेट्रिक टन धान उत्पादन भएको छ ।
पञ्चवर्षीय रणनीतिक योजनामा सुझाव माग
निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनामा समेट्न सकिने विषयवस्तुमा सुझाव दिन आह्वान गरेको छ । आयोगले २०८१/८२ देखि २०८५/८६ को पञ्चवर्षीय रणनीतिक योजना तयार गर्दै छ ।
एघार वडामा ठुला पूर्वाधार निर्माण
रामेछापको मन्थली नगरपालिका–२ मा कठजोर नमुना (कृष्णलाल) पार्क निर्माण गरिएको छ । नेपालका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको जन्मस्थल कठजोरमा उहाँको सम्झनामा मन्थली नगरपालिका र वडाको साझेदारीमा पार्क निर्माण गरिएको हो ।
नलिञ्चोकबाट उडान बन्द
हवाई सुरक्षा संवेदनशीलताका कारण देखाउँदै निजी क्षेत्रका हेलिकोप्टर कम्पनीका पाइलटले नलिञ्चोकको हेलिपोर्टबाट हेलिकोप्टर उडान बन्द गरेका छन् । हेलिपोर्टमा हुनुपर्ने अत्यावश्यक सेवा
सभापति देउवा र अध्यक्ष ओली राष्ट्रपति कार्यालयमा
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान भए लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओली महाराजगन्जस्थित राष्ट्रपति कार्यालय पुग्नु भएको छ ।
अर्को सरकार गठन नभएसम्म प्रधानमन्त्रीको कार्यभार प्रचण्डलाई
राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार गठन नभएसम्म मन्त्रिपरिषद्ले गर्ने कार्य सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तोक्नुभएको छ।
नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत गुमाउनुभएपछि नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढ्ने भएको छ ।
डोटीमा गहुँको उत्पादन घट्यो
पछिल्लो समय डोटीमा गहुँको उत्पादन घट्दै गएको छ । कृषि ज्ञान केन्द्र डोटीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १४ हजार २९८ हेक्टर जमिनमा गहुँ लगाइएकोमा २४ हजार ३१२ मेट्रिक टन गहुँ उत्पादन भएमा, आर्थिक वर्ष २०७९/०८० मा डोटी जिल्लामा १४ हजार २३० हेक्टर क्षेत्रफल जमिनमा २३ हजार ५६८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।
प्रचण्डलाई प्राप्त भएन विश्वासको मत : गुम्यो प्रधानमन्त्री पद
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वास गुमाउनुभएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वास गुमाउनुभएको हो।
२४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु
विगत २४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरुसँग छलफल भएको हो ।