रामेछापमा बस दुर्घटना, १३ यात्रु घाइते
रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् ।
प्रधानमन्त्री देउवाले दिउँसो २ बजे उम्मेदवारी दर्ता गराउनुहुँदै
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक डडेल्धुराबाट उम्मेदवारी दर्ता गराउन लाग्नुभएको हो ।
उम्मेदवार मनोनयनपत्र दर्ता सुरु
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ ।
राष्ट्रपति भण्डारी अस्पताल भर्ना
राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना हुनुभएको छ ।
अमेरिकी राजदूत थम्पसन छिट्टै आउँदै
नेपालका लागि अमेरिकाका नयाँ राजदूतका रूपमा डिन रिचार्ड थम्पसन आउनुहुने भएको छ । उहाँ अमेरिकी विदेश मन्त्रालयको वरिष्ठ कूटनीतिज्ञका रूपमा चिनिनुहुन्छ । यसअघिका राजदूत ¥यान्डी डब्लु बेरीको कार्यकाल सकिएसँगै अमेरिकी सरकारले थम्पसनलाई नेपालको राजदूतको जिम्मेवारी प्रदान गरेको हो । अमेरिकाको विदेश मन्त्रालयले जनाएअनुसार उहाँ छिट्टै पदभार ग्रहण गर्न नेपाल आउनुहुनेछ ।
सार्वजनिक जग्गा संरक्षणमा ठोस उपलब्धि हासिल भएन
सार्वजनिक जग्गाको संरक्षणका लागि धेरै पटक पहल गरिए पनि हालसम्म ठोस उपलब्धि हासिल भएको छैन । सरकारी सार्वजनिक जग्गाको संरक्षणको प्रक्रिया लामो भएका कारण पनि ठोस उपलब्धि हासिल हुन नसकेको बताइएको छ ।
अख्तियारका क्षेत्रीय कार्यालय उजुरी फस्र्योटमा बुटवल उत्कृष्ट
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका क्षेत्रीय कार्यालयमध्ये उजुरी फस्र्योटका आधारमा बुटवल कार्यालय उत्कृष्ट देखिएको छ । आयोगको ३२औँ वार्षिक प्रतिवेदनअनुसार यस कार्यालयबाट आर्थिक वर्ष २०७८÷७९ भित्रमा प्राप्त कुल उजुरीमध्ये ८४.५२ प्रतिशतको फस्र्योट भएको छ । आयोगको काठमाडौँको टङ्गालस
उम्मेदवारी दर्ता आज
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता आइतबार हुँदै छ । राजनीतिक दलका नेता र स्वतन्त्र राजनीतिक अभियन्ताले पाँच वर्षको प्रतीक्षापछि जनताबाट अनुमोदित हुने अवसरका रूपमा प्रत्यक्षतर्फको उम्मेदवारी (मनोनयनपत्र) दर्ता गर्नुहुनेछ ।
झिँगा मानाको साढे दुई रुपियाँ !
आतङ्क लामखुट्टेले मात्र होइन, झिँगाले पनि सिर्जना गर्छ । यतिबेला लामखुट्टेबाट आतङ्कित बनेका नेपाली छ दशकअघि झिँगाबाट आतङ्कित बनेका थिए ।
लेक लागेर दम्पतीको मृत्यु
लमजुङको दोर्दी र दूधपोखरी गाउँपालिकाको सिरानमा पर्ने ऐतिहासिक एवम् पर्यटकीय मेमेपोखरी घुमेर फर्कने क्रममा लेक लागेर एक दम्पत्तिको मृत्यु भएको छ ।
एक सय ४४ घर परिवार विस्थापित
पूर्वी नवलपरासीमा लगातार चार दिनसम्म परेको झरीका कारण १४४ घर परिवार बाढीको डुबानमा परी विस्थापित भएका छन् । नवलपुरका चार पालिका गैँडाकोट, मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीका सो परिवार विस्थापित भएका हुन् ।
हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध
दशैंको टीकाको दिन यता नेपालगञ्ज क्षेत्रबाट उडान हुने कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाई सेवा अबरुद्ध भएको छ । एयरलाइन्स कम्पनीका जहाजहरु काठमाडौं फर्कनुु र मौसम पनि सफा नभएको कारण चार दिनदेखि हवाई सेवा अबरुद्ध हुँदा यात्रुु मर्कामा परेका छन् ।
पहिरो खसेर कालीगण्डकी कोरिडोर अवरुद्ध
कालीगण्डकी करिडोर अन्तर्गत पीपलडाँडा–रामपुर सडक खण्डको सहदीखोला पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको छ । रम्भाको पीपलडाँडा र फोक्सिङकोटको सिमाना सहदीखोलामा डाँडा भाँसिएपछि कालीगण्डकी कोरिडोर अबरुद्ध बनेको हो ।
सभामुख सापकोटासँग राजदूत यान्छीद्वारा बिदाइ भेट
सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गर्नुभएको छ । राजदूत यान्छीले शनिबार विहान सभामुखसँग उहाँको सरकारी निवास लैनचौरमा बिदाइ भेट गर्नुभएको हो ।
नेकपा (एमाले) र जसपाबीच चुनावी तालमेलमा सहमति
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र जनता समाजवादी नेपाल (जसपा) बीच चुनावी तालमेल भएको छ । अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष यादवबीच आज शनिबार सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार जसपाले १७ सिट पाउने छ ।
ज्वरो आएपछि राष्ट्रपति भण्डारी शिक्षण अस्पताल भर्ना
राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना हुनुभएको छ । राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य परीक्षका लागि उहाँ अस्पताल भर्ना हुनुभएको उहाँको मुख्य स्वकीय डा. भेषराज अधिकारीले जानकारी दिनुभयो ।
डुबानमा परेका १०३ जनाको उद्धार
लगातारको वर्षाका कारण राप्ती नदी बस्तीमा पसेपछि डुबानमा परेका दाङ देउखुरीका १०३ जनालाई उद्धार गरिएको छ । नेपाली सेना र सशस्त्र प्रहरीले देउखुरीका विभिन्न स्थानबाट उद्धार गरी सुरक्षित स्थानमा राखेको छ ।
वर्षाले जलविद्युत्, सडक र कृषिमा क्षति
विगत पाँच दिनदेखिको अविरल बेमौसमी वर्षाका कारण नेपालीको महान् चाड बडादसैँ निरस बनेको छ । लामो बेमौसमी वर्षाले म्याग्दीको जलविद्युत्, सडक र कृषिमा ठूलो क्षति पुगेको छ भने ग्रामीण जनजीवनसमेत अस्तव्यस्त बनेको छ ।
पूर्वी नवलपरासीमा एकसय ४४ घर डुबानमा
अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर शुक्रबार पूर्वी नवलपरासीका एकसय ४४ घर डुबानमा परेका छन् ।
खोलाले बगाएर एक महिला बेपत्ता
अस्पतालबाट उपचार गरेर घर फर्किरहेकी एक महिलालाई खोलाले बगाएर वेपत्ता बनाएको छ । बयलापाटा अस्पतालबाट उपचार गरेर फर्किरहेकी मंगलसेन नगरपालिका –११ गिटीखौलाकी ४४ वर्षीया सरस्वती रावल शुक्रबार दिउँसो तापिँरवा खोलामा वेपत्ता भएकी हुन् ।
नेता ओझाद्वारा कैलाली ५ मा उम्मेदवारी घोषणा
गत निर्वाचन २०७४ मा कारवाहीमा पर्नुभएका नेपाली कांग्रेसका नेता पुष्करनाथ ओझाले स्वतन्त्रबाट कैलाली क्षेत्र नं. ५ मा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
राप्तीमा हालसम्मकै ठूलो बाढी, सतह ८.५५ मिटर नाघ्यो
बाँकेको पूर्बी क्षेत्रका तीन पालिकालाई छोएर बग्ने राप्ती नदीमा यस वर्षकै ठूलो बाढी आएको छ । तीन दिनदेखि भइरहेको अविरल बर्षाले गर्दा नदीको सतह पहिलो पटक हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
बाढीको भेलमा गाउँ डुब्यो, डुङ्गाबाट उद्धार गरिँदै (फोटो फिचर)
लगातारको वर्षाका कारण दाङको लमही नगरपालिका वडा नं ८ धनपुरुवा गाउँ बाढीको भेलमा डुबेको छ । राप्ती नदीमा आएको बाढीले धनपुरुवा गाउँलाई डुवान पारेको हो । उद्धार कार्य जारी रहेको छ ।
पहिरोले अवरुद्ध सडकः केही खुले, केही खुल्न बाँकी
अविरल वर्षासँगै पहिरो जाँदा देशभर विभिन्न सडकखण्डहरु अवरुद्ध भएका छन् । केही खुलेका छन् भने केही खुल्न बाँकी रहेको छ । अहिले देशभर धेरै ठाउँमा सडक अवरुद्ध छ ।