काठमाडौं, असोज २२ गते । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गर्नुभएको छ । राजदूत यान्छीले शनिबार बिहान सभामुखसँग उहाँको सरकारी निवास लैनचौरमा बिदाइ भेट गर्नुभएको हो ।
भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमणहरु भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गर्नुभएकोमा बधाई दिनुभएको उहाँको प्रेस संयोजक श्रीधर न्याैपानेले जानकारी दिनुभयो ।
सभामुख सापकोटाले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना पनि व्यक्त गर्नुभयो । बिदाइ भेटमा राजदूत होउ यान्छीले आफ्नो कार्यकालमा सङ्घीय संसदबाट भएको सहयोगका लागि आभार व्यक्त गर्नुभएको थियो ।