दैलेख –१ मा त्रिपक्षीय प्रतिस्पर्धा
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभामा त्रिपक्षीय प्रतिस्पर्धा हुनेभएको छ । नेकपा (एमाले) बाट रबिन्द्रराज शर्मा, सत्ता गठबन्धनका उम्मेदवार अम्मरबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री कुन्तीकुमारी शाहीबीच त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुनेभएको हो ।
सूर्यदेवको आराधना गरी मनाइँदै छठ
छठपर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।
छठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा आयात
छठ पर्वका लागि मधेश–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन ।
गाउँमा भेटिन छाडे परम्परागत घुमाउने घर
ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर शृङ्गार गरिएका घुमाउने घरहरू पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् । एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन् । कलात्मक शैलीका झ्याल तथा ढोका भएका र मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत अचेल पाइँदैनन् ।
एक महिनाभित्र मेलम्चीको पानी राजधानीमा ल्याइने
गत जेठ महिनाबाट काठमाडौं उपत्यकामा आउन छाडेको मेलम्चीको पानी एक महिनाभित्र उपत्यकामा ल्याउने गरी काम भइरहेको छ । मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तकाअनुसार एक महिनाभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरणको प्रक्रिया थालिनेछ ।
नियन्त्रणबाहिर जाँदै विश्वको तापक्रम
विश्वको तापक्रम वृद्धि २.८ डिग्री सेल्सियसतर्फ उन्मुख भएको छ। संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको नयाँ अध्ययन प्रतिवेदनले एक्काइसौँ शताब्दीको अन्त्यसम्ममा विश्वको ताफक्रम २.८ डिग्री सेल्सियसले बढ्ने जनाएको हो।
बालबालिका र ज्येष्ठ नागरिकको निःशुल्क उपचार
नेपाली कांग्रेसले तीन वर्षभन्दा कम उमेरका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ। शनिबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा तीन वर्षसम्मका बालबालिका र ७३ वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेको हो।
काठमाडौँ छिर्दै पञ्जाब र हरियाणाको धुवाँ
भारतको हरियाणा र पञ्जाब राज्यका किसानले डढाएको परालको धुवाँ नेपाल प्रवेश गर्न थालेको छ। यससँगै नेपालमा पनि वायु प्रदूषणको खतरा निम्तिने र नागरिकमा स्वास्थ्य समस्या बढ्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। यी दुई सहरका किसानले हरेक वर्ष धान भित्र्याएपछि मलका
सहिष्णुताको भावना प्रगाढ हुनेछ : प्रम
प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको शुभकामना दिँदै यस पर्वले सबैमा सांस्कृतिक सद्भाव, सहअस्तित्व, एकता र पारस्परिक सहिष्णुताको भावना अझ प्रगाढ र सुदृढ तुल्याउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिनुभएको छ।
पाँच विमान कम्पनीलाई उडान गर्न निर्देशन
नेपाल वायुसेवा निगम र हिमाल एयरलाइन्ससहित पाँच विमान कम्पनीलाई भैरहवामा अनिवार्य उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबईले दैनिक तीनभन्दा बढी उडान गरिरहेका छन्।
भेरी नदीमा दुई जना बेपत्ता
सुर्खेतमा पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका –३ का १८ वर्षीय दीपक थापा र १८ वर्षीय चन्द्र बिसी रहनुभएको छ ।
बुद्धकालीन रामग्राम वा कोलियनगर (संक्षेप जानकारी)
लुम्बिनी प्रदेशको नवलपरासीको रामग्राम नगरपालिका वडा नं ७ झरुवा नदीको किनारमा रहेको बुद्धकालीन रामग्राम स्तुपाको महत्त्व ठूलो रहेको छ । यस स्तुपामा भगवान् बुद्धको अस्थिधातु राखी निर्माण गरिएको आठ वटा स्तुपामध्ये अहिलेसम्म बाँकी रहेको एक मात्र रामग्राम स्तुपा हो ।
नमुना अस्पतालको व्यवस्थापन एचडीसीएसले गर्ने
लमजुङको सुन्दरबजार नगरपालिका –६ ठाँटीचौरस्थित नमुना सामुदायिक अस्पतालको व्यवस्थापन तथा सञ्चालन मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) ले गर्नेभएको छ ।
सिमकोट–हिल्सा सडकखण्ड सुचारु
कर्णाली करिडोरको सिमकोट–हिल्सा सडकको सिमकोट यारीखण्डको यातायात सुचारु भएको छ । पहिरोले च्याछरा लगायतका क्षेत्रमा अबरुद्ध भएको सडक मर्मत गर्ने कार्य भएपछि यातायात सञ्चालनमा आएको हो ।
सल बेरिँदा महिलाको हात चुँडियो
मोटरसाइकलमा सल बेरिँदा शनिबार तनहुँमा एक महिलाको बायाँ हात चुँडिएको छ । व्यास नगरपालिका –५ पतेती निवासी २९ वर्षीया रेणु थापाको हात चुँडिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।
तिहारमा तस्करी बढ्यो : सामान नियन्त्रणमा
चाडपर्व आएपछि नाकाबाट तस्करी र अवैध आयात निर्यात वृद्धि हुनेगरेको छ । तिहार सुरु भएपछि भारतबाट विभिन्न मालसामानको तस्करी भएको स्थानीयको भनाइ छ ।
१० वर्षपछि अभियुक्त पक्राउ
१५ वर्ष कैद सजाय भई फरार रहेका जबरजस्ती करणी मुद्दाका प्रतिवादी १० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँची सितगंगा नगरपालिका वार्ड नं ६ बस्ने वर्ष २६ का शालिकराम थापालाई जिल्लाकै सितगंगा नगरपालिका वडा नम्बर ४ चक्लामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिनुभयो ।
प्रदेश सरकारको प्राथमिकतामा टुक्रे र साना योजना
बागमती प्रदेश सरकारले जिल्लामा साना र टुक्रे योजनामा बजेट विनियोजन गर्ने परम्परालाई निरन्तरता दिँदै आएको छ । प्रदेश सरकार गठन भएसँगै प्रदेश सरकार मातहतका विभिन्न मन्त्रालयले टुक्रे र साना योजनालाई प्राथमिकता दिँदै बजेट विनियोजन गर्ने काम गर्दै आएका छन् ।
सञ्चारमाध्यमले आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्छ : आयुक्त तुलाधर
निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन सफल बनाउन सञ्चारमाध्यमले सही सूचना प्रवाह गरी आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्ने बताउनुभएको छ ।
अधियाँ खेतीले परिवार पाल्दै माेहित
खेतबारी बाँझै राखेर चामल किनेर खानेहरूको सङ्ख्या बढ्दो रहेको छ । तर कपिलवस्तुकाे शुद्धोधन गाउँपालिका ५ निवासी मोहित कुमाल भने आफ्नो खेतबारी नभए पनि अरूकै बारीमा अधियाँ (कमाइको आधा-आधा) धान खेती गरेर परिवारको गुजारा चलाउँदै आउनुभएको छ ।
छठपर्वका लागि सामग्री खरिदबिक्री गरिँदै (फोटो फिचर)
आइतबार मनाइने छठपर्वका लागि विराटनगरस्थित हाटखोला क्षेत्रमा आवश्यक सामग्री खरिदबिक्री गर्दै स्थानीयबासी ।
मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानी कार्य तीव्र
निर्वाचन आयोगले निर्वाचनका लागि मतपत्र तथा निर्वाचन सामाग्रीको ढुवानी कार्यलाई तीव्रता दिएको छ।
उम्मेदवारको चुनिन पाउने अधिकार सुनिश्चित छ : प्रवक्ता पौडेल
निर्वाचन आयोगले उम्मेदवारहरूको चुनिन पाउने अधिकार नै हनन् हुनेगरी सामाजिक सञ्जालको प्रयोग नगर्न सचेत गराएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले समूह नै बनाएर आगामी प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूको चुनिन पाउने अधिकार हनन् हुनेखालका सामग्रीहरू पोष्ट गरिरहे भन्दै आयोगको यस्तो भनाइ आएको हो ।
संविधान जारी भएको सात वर्षमा पनि संशोधन भएन नागरिकता ऐन
प्रतिनिधिसभाको मुख्य काम कानुन बनाउने हो । नेपालको संविधान २०७२ अनुसार नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्ने काम सात वर्ष पूरा हुँदा पनि नभएकामा नागरिकता पीडितको असन्तुष्टि चुलिँदो छ ।