प्रधानमन्त्री प्रचण्डद्वारा ख्युङजोङलिङ गुम्बाको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिरीमा रहेको ङाग्युर येश्ये ख्युङजोङलिङ गुम्बाको उद्घाटन गर्नुभएको छ ।
प्रज्ञा प्रतिष्ठानलाई साझा थलो बनाइने
रैथाने संस्कृति र प्राकृतिक सौन्दर्यको अध्ययन तथा अवलोकन गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञ परिषद् रारा तालबाट पाँच बुँदे रारा घोषणापत्र जारी गरेको छ । ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल नाराकासाथ रारा तालको किनारामा पहिलो पटक नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञ परिषद्को ऐतिहासिक बैठक कुलपति भूपाल राईको अध्यक्षतामा सम्पन्न भएको छ ।
‘सुशासन कायम गर्न सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्राथमिकतामा राखेको सुशासन र समृद्धिको एजेण्डालाई पूरा गर्न सूचना तथा सञ्चार प्रविधिको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा नेपाली टोलीलाई बधाई ज्ञापन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
पूर्वलडाकुलाई किस्ताबन्दीमा रकम वितरण गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी लडाकुलाई वितरण गर्ने रकम किस्ताबन्दी रूपमा वितरण गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले सोमबार आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उहाँले देशमा देखिएको आर्थिक समस्याका कारण रकम किस्ताबन्दी रूपमा वितरण गर्न लागिएको स्पष्ट पार्नुभयो ।
रास्वपालाई सरकारमा लैजान छलफल गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउन सत्ता साझेदार दलमा छलफल गर्ने हुनुभएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहित सरकारमा सहभागी दलहरूसँग रास्वपालाई सरकारमा ल्याउने सम्भावनाबारे छलफल गर्नुहुने भएको हो ।
सुडानबाट नेपालीको उद्धार जारी
नेपाल सरकारले सुडानमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारमा अधिकतम प्रयास गरिरहेको जनाएको छ । पछिल्लो समय सुडानमा उत्पन्न युद्धको अवस्थाले त्यहाँ रहेका नेपाली नागरिकको जीवनमा बढेको असुरक्षालाई ध्यानमा राख्दै सबै तरहको कूटनीतिक संयन्त्रलाई सक्रिय बनाएर उद्धारको पहल गरिरहेको परराष्ट्र मन्त्रालयले स्पष्ट गरेको छ ।
सिमानामा सीसीटीभीबाट निगरानी
सशस्त्र प्रहरीले नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सिमानामा सीसीटीभी क्यामरा जडान गरी निगरानी बढाउने महत्वाकाङ्क्षी योजनासहित भाबी कार्ययोजना सार्वजनिक गरेको छ। २०५८ सालमा स्थापना भएको सशस्त्र प्रहरी बललाई सीमा सुरक्षा, आतङ्कवादी क्रियाकलाप नियन्त्रण, ऐतिहासिक तथा महत्वपूर्ण संरचना र राजस्व कार्यालय सुरक्षालगायत विभिन्न १२ वटा जिम्मेवारी तोकिएको छ। सशस्त्र प्रहरीले यसै हप्ता प्रतिआतङ्कवाद एकाइ गठन गरी झापा, बारा, दाङ, बर्दिया र दार्चुलालगायतका जिल्लामा थप २१ वटा सीमा सुरक्षा बल (बीओपी) स्थापना गरेको छ। योसँगै बीओपीको सङ्ख्या २४९ पुगेको छ। सशस्त्र प्रहरी मुख्यालय हलचोकमा सोमबार पत्रकार सम्मेलन गरी सशस्त्रले सीमा सुरक्षा र विपत् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने घोषणा गरेको हो।
आयव्यय नबुझाउने २२ दललाई कारबाही हुने
निर्वाचन आयोगमा समयसीमाभित्र ८३ वटा राजनीतिक दलले मात्रै लेखा परीक्षणसहितको आयव्ययको विवरण बुझाएका छन्। आयोगमा दर्ता भएका दलको सङ्ख्या भने ११६ छ। बाँकी ३३ मध्ये आठवटाले ढिला गरी बुझाएका छन्। २०७८/७९ मा दर्ता भएका तीनवटा दलले भने अहिले बुझाउनु पर्दैन। बाँकी २२ वटा दल आयोगको कारबाही प्रक्रियामा छन्।