हात्तीको समस्या समाधान गर्ने प्रतिबद्धता
नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री अग्नि खरेलले झापाको क्षेत्र १ को प्रमुख समस्या नै हात्तीको आतङ्क रहेकाले सो समस्याको स्थायी समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
नेपाल भारत सीमा तीन दिन सिल गर्ने सहमति
नेपालमा आसन्न निर्वाचनका समय नेपाल भारत सीमा तीन दिन सील गर्ने सहमति भएको छ । भारतको बिहारसँग जोडिएका नेपालका पर्सा, बारा, रौतहट, चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्व) र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) का सीमा ७२ घण्टाका लागि सील गर्ने सहमति भएको हो ।
निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक
नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ ।
भक्तपुर–नगरकोट मुख्य सडक बन्द, यात्रुलाई सास्ती
निर्माण सुरु भएको आठ वर्षसम्म पनि सम्पन्न नगरेको भन्दै भक्तपुर–नगरकोट मुख्य सडकका बासिन्दा र नगरकोटका पर्यटन व्यवसायीले दुई दिनदेखि त्यहाँको सडक बन्द गराएका छन् । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको पर्यटकीय स्थल नगरकोट जाने मुख्य सडक निर्माण अलपत्र पारेर निर्माण कम्पनीले स्थानीय बासिन्दा र व्यवसायीलाई निकै सास्ती दिएको भन्दै छिटो सम्पन्न गर्न आन्दोलन स्वरूप सडक बन्द गराएका हुन् । सडक बन्द हुँदा यात्रुले सास्ती भोग्दै वैकल्पिक बाटोे प्रयोग गर्नुपरेको छ ।
मानव अधिकार आयोगले खटायो अनुगमन टोली
राष्ट्रिय मानव अधिकार आयोगले कालीकोटको तिलागुफा नगरपालिका वडा नम्बर १० मा तीन दिनअघि भएको बम विस्फोट घटनाको स्थलगत अनुगमन गर्न टोली खटाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले मङ्गलबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिनुभएको हो । यही कात्तिक १२ गते उक्त स्थानमा भएको बम विस्फोटमा दुई बालिकाको मृत्यु भएको थियो भने तीन बालबालिका घाइते भएका थिए ।
ठूला पूर्वाधारमा सहयोगका लागि आग्रह
नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले अर्थमन्त्री जनार्दन शर्मासँग मङ्गलबार शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा अर्थमन्त्री शर्माले नेपाललाई अहिले ठूला पूर्वाधारमा सहयोग आवश्यक रहेको बताउँदै त्यसका लागि अमेरिकाको सहयोगको अपेक्षा गर्नुभयो ।
उम्मेदवारी दिनुपूर्व राजीनामा अनिवार्य
सर्वोच्च अदालतले सरकारी कोषबाट सुविधा प्राप्त गर्ने निर्वाचित पदाधिकारीसमेत लाभको पद धारण गर्नेभित्र पर्ने नयाँ व्याख्या गरेको छ। २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पदमै रहेर भाग लिन पाउनुपर्ने हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका तत्कालीन अध्यक्ष निमा ग्याल्जेन शेर्पाको रिटमा सर्वोच्चले स्थानीय तहका निर्वाचित पदाधिकारीको पदलाई लाभको पदको व्याख्या गरेको हो।
भारतद्वारा दुई सय सवारीसाधन प्रदान
निर्वाचनमा प्रयोग गर्ने गरी भारतले नेपाललाई दुई सयवटा सवारीसाधन प्रदान गरेको छ। मङ्गलबार राजधानीमा आयोजित एक समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई उक्त सवारीसाधन प्रदान गर्नुभएको हो। यी सवारीसाधन निर्वाचनको समयमा प्रयोग गरिनेछ। जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछ। समारोहमा अर्थमन्त्री शर्माले नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिनुभयो।
हिमालयको भैरहवा उडान बिहीबारदेखि
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थाल्ने विषयमा नियामक नागरिक उड्डयन प्राधिकरणसँग वायुसेवा कम्पनीहरूको रस्साकस्सी चलिरहँदा हिमालय एयरलाइन्सले भने उडान सुरु गर्ने भएको छ। नेपाल–चीन संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालयले गौतम बुद्व विमानस्थलमा यात्रुवाहक चार्टर उडान गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ।
एमबीबीएसलाई अन्य पेसा अपनाउन दिने तयारी
छ वर्ष लगाएर एमबीबीएस उत्तीर्ण भए पनि चिकित्सा पेसाका लागि लिइने ‘लाइसेन्स’ परीक्षामा विद्यार्थी (डाक्टर)हरू पटक–पटक असफल हुने गरेका छन्। डाक्टरहरू धेरै पटक असफल हुनथालेपछि नेपाल मेडिकल काउन्सिलले एमबीबीएस उत्तीर्ण तर लाइसेन्स (नाम दर्ता प्रमाणपत्र) परीक्षामा अनुत्तीर्ण विद्यार्थीले भविष्यमा चिकित्सा पेसा नगर्ने गरी उनीहरूलाई लाइसेन्स नचाहिने व्यवस्था गर्न लागेको छ।
२० ग्यारेन्टीको सुनिश्चित भुक्तानी : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले सार्वजनिक गरेको २० ग्यारेन्टीको भुक्तानी एमालेले नेपाली जनतालाई सुनिश्चित गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मंगलबार पार्टी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा लाइभ डिवेटमा अध्यक्ष ओलीले सो प्रतिवद्धता जनाउनुभएको हो ।
प्रदेशसभातर्फ ६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार नै छैनन्
प्रदेशसभा सदस्यका लागि ३३० निर्वाचन क्षेत्रमध्ये ६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार नभएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा यसरी खटिन्छन् जनशक्ति
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक करिब दुई लाख ४६ हजार जनशक्ति परिचालित हुने भएका छन् ।
बागलुङका ३५ प्रतिशत केन्द्र अति संवेदनशील
बागलुङका ३५ प्रतिशत मतदान केन्द्र सुरक्षाको दृष्टिले अति संवेदनशील सूचीमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो ।
सुसूचित मतदाता तयार पार्न सञ्चारकर्मीको भूमिका अपरिहार्य : आयुक्त डा. तुलाधर
निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले सुसूचित मतदाता तयार पार्न सञ्चारकर्मीको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ ।
ग्रामीण क्षेत्रमा भीर महको सिजन सुरु
लमजुङको ग्रामीण भेगमा भीर महको सिजन सुरु भएको छ । विशेषतः पर्यटकीय गाउँमा भीर मह काढ्ने गरिन्छ । गाउँपिच्छे फरक फरक भीरमा मह काढने चलन छ ।
एकीकृत समाजवादीकाे घोषणापत्र : कृषि उत्पादकत्वमा जोड
नेकपा (एकीकृत समाजवादी)ले कृषि उत्पादकत्वमा वृद्धिका लागि कृषि पूर्वाधारमा ठूलो लगानीको अवधारणा ल्याएको छ ।
चुनावी प्रचारप्रसार सञ्चारमाध्यमबाट पनि
आउँदो मङ्सिर ४ गते हुने आमनिर्वाचनमा सहभागी हुने राजनीतिक दलहरू तथा उम्मेदवारहरूले आफ्नो चुनावी खर्चको दायरामा रहेर विभिन्न सञ्चारमाध्यममा चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले सञ्चारमाध्यमको प्रयोग गर्दा अपनाउनुपर्ने आचरणसहित आफ्नो प्रचारप्रसार गर्न पाउने स्पष्ट पारेको छ ।
तोसिमाद्वारा सर्वोच्चमा रिट
उम्मेदवारी खारेजीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ का उम्मेदवार डा. तोसिमा कार्कीले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ। निर्वाचन आयोगले गैरसंवैधानिक तथा शङ्कास्पद रूपमा उम्मेदवारी खारेज गरेको भन्दै कार्कीले सोमबार रिट दर्ता गर्नुभएको हो। सर्वोच्चका प्रवक्ता विमल पौडेलले रिट दर्ता भएको र मङ्गलबार प्रारम्भिक सुनुवाइ हुने बताउनुभयो।
सन्दीपको बयान आजदेखि, १० देखि १२ वर्ष कैदको माग
राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत जिल्ला अदालतमा सोमबार मुद्दा दायर भएको हो। प्रहरीले कात्तिक ६ गते नै सरकारी वकिलसमक्ष रायसहितको अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार बिदाका कारण एक सातापछि मात्र मुद्दा दायर भएको हो। मुद्दामा अब मङ्गलबारदेखि अभियुक्तको बयानको प्रक्रिया प्रारम्भ हुनेछ।
कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाउने
नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने निर्वाचनको तयारी तीव्र बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ। कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९, केन्द्रीय परिचालन समितिको सोमबार सम्पन्न बैठकले जिल्ला–जिल्लामा समन्वय गर्न र चुनावी प्रचारप्रसार अझै व्यापक बनाउन केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो।
एक करोड मतपत्र छाप्न बाँकी
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको छ ।
‘भाइरल’ पुलको व्यथा
आइतबारदेखि सामाजिक सञ्जालमा एउटा फोटो ‘भाइरल’ भएको छ । आधा भत्किएको झोलुङ्गे पुलको बीचबाट पुलमा चढ्न मिल्ने गरी बनाइएको आकर्षक काठेपुल रमाइलो विषय बनेको छ । तर त्यस्तो पुलको दुःखको कथा अर्कै छ । कर्णाली प्रदेशको कालीकोट जिल्लाको जिते कर्णालीमा कर्णाली नदी तर्नका लागि स्थानीयले गरेको वैकल्पिक व्यवस्था यो पुल रहेको छ ।
थारु समुदायमा समाचकेवा पर्व मनाइँदै
मध्य तराईका थारु तथा मधेसी समुदायका गाउँघरमा समाचकेवा पर्व सुरु भएको छ । दाजुबहिनीको प्रेमको प्रतीकको रूपमा रहेको तराईको मौलिक पर्व समाचकेवाको रौनक अहिले तराईका बारा, पर्सा, रौतहटलगायतका जिल्लामा छाएको छ ।