• १३ मंसिर २०८१, बिहिबार

तोसिमाद्वारा सर्वोच्चमा रिट

blog

काठमाडौँ, कात्तिक १५ गते । उम्मेदवारी खारेजीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ का उम्मेदवार डा. तोसिमा कार्कीले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ।

निर्वाचन आयोगले गैरसंवैधानिक तथा शङ्कास्पद रूपमा उम्मेदवारी खारेज गरेको भन्दै कार्कीले सोमबार रिट दर्ता गर्नुभएको हो। सर्वोच्चका प्रवक्ता विमल पौडेलले रिट दर्ता भएको र मङ्गलबार प्रारम्भिक सुनुवाइ हुने बताउनुभयो। लाभको पदमा रहेको भन्दै आयोगले कात्तिक १२ गते कार्कीको उम्मेदवारी खारेज गरेको थियो। कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र उक्त भूमिका संविधानको परिभाषाअनुसार लाभको पद रहेको भन्दै आयोगले मनोनयन रद्द गरेको हो। 

आयोगले सदस्य पदमा संवैधानिक व्यवस्थाअनुसार सरकारी कोषको सुविधा प्राप्त हुने देखिएको भन्दै उम्मेदवारी रद्द गरेको थियो।