प्रचण्डसँग गोरखाका जनताको अपेक्षा
प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न गोरखा आउनुभएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति त्यस क्षेत्रका मतदाताले मिश्रित प्रतिक्रिया जनाएका छन्। प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ। गोरखा आएपछि एकथरी जनताले उहाँलाई भावी प्रधानमन्त्रीका रूपमा अथ्र्याउँदै गोरखामा विकासले गति लिने अपेक्षा गरेका छन्। केहीले भने प्रचण्डले विकास निर्माणको विषयलाई चुनावी एजेन्डा मात्रै बनाएको भन्दै उतिसारो विश्वास गर्न सकेका छैनन्।
चीनले गरेको विकासको अनुसरण गर्न सुझाव
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले चीनले गरेको गरिबी निवारणबाट नेपालले शिक्षा लिनुपर्ने बताउनुभएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको सम्पन्न २०औँ महाधिवेशनको अवसरमा नेपाल चीन मैत्री मञ्चले आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। गरिबी निवारणमा विश्वमै चीनले पहिलो स्थान हासिल गरेको बताउँदै उहाँले छिमेकी मुलुक भएका कारण नेपालले त्यसको अनुसरण गर्नुपर्ने बताउनुभयो।
इजरायलबाट भित्रिएको खात बरामद
इजरायलबाट नेपाल भित्रिएको खात (हरियो चियापत्ती) लागूऔषध रहेको पाइएको छ। ग्रिन टीको प्याकेटमा इजरायलबाट आएको लागूऔषध अमेरिकामा तस्करी हुन लागेको पाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र लागूऔषध नियन्त्रण ब्युरो संयुक्त टोलीले नियन्त्रित लागूऔषध ४८० केजी खात (ग्रिन टीजस्तै लागूऔषध)सहित दुई जनालाई पक्राउ गरेको छ।
सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याइएको छ । निर्वाचन आयोगका अनुसार देशभरका प्रतिनिधि सभातर्फ १६५ तथा प्रदेश सभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गरिएको हो । राजधानीका विभिन्न निर्वाचन क्षेत्रको मतपत्र बुधबार सम्बन्धित क्षेत्रमा पुर्याइएको छ । आयोगका अनुसार निर्धारित कार्यतालिकाभन्दा अगावै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न भएको हो ।
आचारसंहिताबारे ध्यान दिन काउन्सिलको अपिल
प्रेस काउन्सिल नेपालले निर्वाचनलक्षित मत सर्वेक्षण वा अनुसन्धानमूलक सामग्रीको समाचार बनाउँदा पत्रकार आचारसंहिताको विशेष ध्यान दिन अपिल गरेको छ ।
रोजगारी दिनेलाई मतदान : डोम समुदाय
सप्तरीको तिलाठी कोइलाडी वडा – ८ का गीता मरिकले आफूहरूले गर्दैआएको रोजगारी र श्रमको मूल्य बढाइदिने नेतालाई भोट दिने बताउनुभयो । सप्तरीमा डोम समुदायले सरसफाइ लगायत बाँसको ढकी, पङ्खा, कोनिया बनाएर विक्री गरेर आयआर्जन गरी परिवार चलाउँछन् ।
बझाङमा महर र जोशीबीच रोचक भिडन्त
एक प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्र भएको बझाङमा नेकपा (एमाले ) का केन्द्रीय सदस्य ऐनबहादुर महर र नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य भानुभक्त जोशीबीच रोचक भिडन्त हुने देखिएको छ ।
मोरङ ३ (ख) मा कांग्रेसबाट लिम्बुको उम्मेदवारी दर्ता
मोरङ निर्वाचन क्षेत्र नं. ३ (ख) मा नेपाली काङ्ग्रेसका महासमिति सदस्य मानबहादुर लिम्बूले मनोनयन दर्ता गराउनुभएको छ । यसअघि मनोनयन दर्ता गराएका काङ्ग्रेस उम्मेदवार एवम् प्रदेश नं. १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको बुधबार मृत्यु भएको थियो ।
निर्वाचनसम्म आन्दोलन स्थगित गर्न चेम्बरको आग्रह
नेपाल चेम्बर अफ कमर्सले बैङ्क तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलन आगामी मङ्सिर ४ गतेसम्म स्थगित गर्न आग्रह गरेको छ ।
२४ घण्टामा १६ जनामा कोरोना पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ८३७ जनाको पीसीआर परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको हो ।
ट्रेकिङ जाने क्रममा युवकको मृत्यु
सोलुखुम्बुमा ट्रेकिङ जाने क्रममा एक युवकको ज्यान गएको छ । ज्यान जानेमा सोलुदूधकुण्ड नगरपालिका –१ रिङमुका २६ वर्षीय अम्बर लामिछाने (विश्वकर्मा) रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
आचारसंहिता पालना नगर्नेलाई कारबाही हुन्छ : आयुक्त तुलाधर
निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले आचारसंहिताको पालना नगर्ने उम्मेदवारलाई कारबाही गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल कानुन समाज र निर्वाचन आयोग नेपालको आयोजनामा दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्वयन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
नेता पोखरेलको प्रतिबद्धतापत्र सार्वजनिक
निर्वाचन प्रचार प्रसार उत्कर्षमा पुगेका बेला दल तथा उम्मेदवारले मतदाता रिझाउन अनेक एजेण्डा राखेर प्रतिबद्धता पत्रमार्फत आफ्ना भावी योजना तथा आश्वासन सार्वजनिक गरिरहेका छन् ।
उम्मेदवार शिवशंकर यादवलाई पुनः स्पष्टीकरण
निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीकातर्फबाट सिराहा क्षेत्र नं. २ का उम्मेदवार शिवशंकर यादवलाई पुनः स्पष्टीकरण सोधिएको छ ।
नेपालमा समावेशी लोकतन्त्र संस्थागत हुँदैछ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताउनुभएको छ ।
‘‘खानपानमा ध्यान नदिँदा छालामा समस्या’’
जाडो महिना सुरु भएसँगै छालामा विभिन्न समस्या देखिने गर्दछन् । छाला तथा यौनरोग विशेषज्ञ डा. सञ्जुबाबु श्रेष्ठ जाडो मौसममा सुख्खा छाला हुनुका साथै हात, खुट्टा, ओठ फुट्ने जस्ता समस्या बढी देखिने बताउनुहुन्छ ।
मतदाताका वारेसप्रति चनाखो बन्न प्रमुख निर्वाचन आयुक्तको निर्देशन
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिविहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुका वारेस बनेर मतदान गर्नेप्रति चनाखो हुन निर्देशन दिनुभएको छ ।
गणेशमान सिंहले देखाउनुभएको बाटोमा हिँड्न जरुरी
अमरराज नहर्कीतनहुँ, कात्तिक २४ गते । नेपाली कांग्रेसका सस्थापक नेता तथा जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर लौहपुरुप गणेशमान सिंहले देखाएको मार्गमा हिँडेर नेपाली कांग्रेस पार्टीलाई बलियो बनाउनुपर्ने धारणा वक्ताहरुले व्यक्त गरेका छन् । गणेशमान अध्ययन एवं स्मारक पार्क संरक्षण समिति दमौली, तनहुँद्वारा व्यास नगरपालिका–२ गणेशमानचोकमा गरिएको सिंहको १०८ औं जन्मजयन्ती कार्यक्रममा वक्ताहरुले सो कुरामा बताएका हुन् । गणेशमान सिंहको जस्तो पदको लोभ नगरी त्यागको भावना लिएर अघि बढ्न जरुरी रहेको कुरा अधिकांशको जोड थियो । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा उहाँलाई लिइन्छ तर आफू भन्दा पार्टी र देश ठूलो हुन्छ आवश्यक पर्दा त्याग गर्नुपर्छ भन्ने बिर्सने वक्ताहरुको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रामचन्द्र पोखरेलले गणेशमान सिंहलाई सम्झिने तर उहाँले देखाएको मार्गमा नहिँड्दा पार्टी कमजोर भएको बताउनुभयो । पदभन्दा पार्टीलाई ठूलो ठानेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । काँग्रेस १४ औं महाधिवेशनमा पद प्राप्त गर्न म मात्रै योग्य छु भन्ने भावना त्याग गर्नुपर्ने पोखरेलले बताउनुभयो । टिकट नपाएका व्यक्तिहरुले पनि गणेशमानले जस्तै त्यागको भावना राखेर पार्टी बलियो बनाउने मार्गमा हिँडेर आफ्ना उम्मेदवारलाई जिताउन लाग्नुपर्ने उहाँको भनाइ थियो । नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा गणेशमानले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेको उदाहरण दिँदै उहाँले यसबाट पाठ लिनुपर्ने बताउनुभयो । नेपालको नेपाली जनताले साथ दिएर अगाडि बढेर निरन्तर संघर्ष गर्दै पञ्चायतका कठिन दिनमा स्वतन्त्रता र न्यायको लागि लडेकाले दलित, महिला, जनजाति पिछडिएको समुदायले सम्मानजनक अधिकार प्राप्त गरेको उहाँको भनाइ थियो । गणेशमान अध्ययन एवं स्मारक पार्क संरक्षण समितिका कार्यबाहक अध्यक्ष रामचन्द्र बस्नेतले ससाना कुरामा नअल्झिकन अवसर र चुनौतीलाई सदुपयोग गर्दै सशक्त बनाएर पार्टी हाक्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा समितिका सचिव समुन्द्र गोदारलगायतले गणेशमानलाई एकदिन मात्रै सम्झिएर नहुने र प्रत्येक पल सम्झिएर उहाँको पाइला पछ्याउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कृषिप्रधान मुलुक : धान पकेट क्षेत्रका किसान चामल किनेर खाँदै !
अहिले उत्पादन भइरहेको धानको भातको स्वाद नै फरक भएको तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय किसान विष्णुप्रसाद ओझा बताउनुहुन्छ ।
अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन हुँदै
आउँदो शनिबारदेखि दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय सम्मेलन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र अङ्ग प्रत्यारोपण समाज नेपालको संयुक्त अयोजनामा हुन लागेको हो ।
बहत्तर घण्टाअघि सीमा सिल
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा थप मजबुत बनाउन मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल गरिने भएको छ। भारत र चीनसँग जोडिएका सिमाना मतदान सुरु हुनुभन्दा तीन दिनअघि सिल गरिने सशस्त्र प्रहरी बलले जनाएको छ।
राष्ट्रपतिद्वारा अवार्ड ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्यान्डमा महिला राजनीतिक नेतृत्व मञ्चद्वारा प्रदान गरिने ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गर्नुभएको छ । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लूपीएल)को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुग्नुभएका राष्ट्रपति भण्डारीले मञ्चद्वारा प्रदान गरेको अवार्ड ग्रहण गर्नुभएको हो । उहाँलाई ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लूपीएल)का संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले अवार्ड प्रदान गर्नुभयो ।
पूर्वकम्पन आए पनि राति हुँदा मानवीय क्षति
नेपालमा २०७२ पछि हालसम्मकै ठूलो भूकम्प गएको छ। डोटी केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। २०७२ वैशाख १२ गते ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। सुदूरपश्चिममा जनधनको क्षति गराउने गरी गएको यो भूकम्प ४२ वर्षयताकै ठूलो भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यो भूकम्प दुईवटा पूर्वकम्पनपछि गएको थियो। पहिलो पूर्वकम्पन रातको ९ बजेर ७ मिनेटमा र दोस्रो पूर्वकम्पन ९ बजेर ५६ मिनेटमा गएको थियो। त्यसपछि राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले भन्नुभयो, “कतिपय भूकम्प आउँदा पूर्वकम्पन आउँछन्, डोटीमा त्यस्तै भयो। अब आउँदैन भनेर रातको समयमा मानिस घरभित्रै निदाउँदा मानवीय क्षति हुन गयो।”
बदर मत घट्ने विश्वास
“मतदानमा नयाँ व्यवस्था गरिएका कारण यस पटक बदर मत सङ्ख्या घट्नेछ,” विराटनगर–१०, तीनटोलियाका सुफल रायले ढुक्कसाथ भन्नुभयो । एउटा मतपत्रमा एक व्यक्ति वा दललाई मात्र मतदान गर्नुपर्ने व्यवस्थाले विगतको जस्तो बदर मतको समस्या अब नहुने उहाँको बुझाइ छ ।