• १६ भदौ २०८१, आइतबार

मोरङ ३ (ख) मा कांग्रेसबाट लिम्बुको उम्मेदवारी दर्ता

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, कात्तिक २४ गते । मोरङ निर्वाचन क्षेत्र नं. ३ (ख) मा नेपाली काङ्ग्रेसका महासमिति सदस्य मानबहादुर लिम्बूले मनोनयन दर्ता गराउनुभएको छ । यसअघि मनोनयन दर्ता गराएका काङ्ग्रेस उम्मेदवार एवम् प्रदेश नं. १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको बुधबार मृत्यु भएको थियो । 

थापाको मृत्यु भएलगत्तै निर्वाचन आयोगले बुधबार नै नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरी आजलाई मनोनयनको मिति तोकेको थियो । निर्वाचन क्षेत्र नं. ३ को कार्यालय बेलबारीमा लिम्बूले प्रस्तावकमा कांग्रेस निवर्तमान सांसद सूयर्माराज राई र माओवादी केन्द्रका नेता एवम् संविधान सभा सदस्य लालबहादुर सुस्लिङ मगरलाई समर्थक राखेर मनोनयन दर्ता गराउनु भएको निर्वाचन अधिकृत रामहरि शर्माले बताउनुभयो । 

शर्माका अनुसार सबै प्रक्रिया पूरा गरेर शुक्रबार उम्मेदवारलाई चिन्ह प्रदान गरिने छ । ५१ वर्षीय काङ्ग्रेस उम्मेदवार लिम्बूको मनोनयन दर्ता गर्न राष्ट्रिय सभामा काङ्ग्रेस संसदीय दलका नेता रमेशजङ्ग रायमाझी लगायतका नेताहरूको उपस्थिति थियो ।