दुई आर्थिक वर्षमा दुई किमी कालोपत्र
वर्षात्मा हिलाम्य र हिउँदमा धुलाम्य भएर वषौँबाट समस्या भोग्दै आएको सडक कालोपत्र भएपछि जिल्लाको उत्तरी क्षेत्रका नागरिकलाई सहजता भएको छ । बढीमा मात्रमा समस्या हुने सतिघाट–दिङ्ला करिव दुई किलोमिटर सडक कालोपत्र गरिएपछि स्थानीयलाई सहजता भएको हो ।
एकता र सद्भाव बढाउन चाडपर्वले सहयोग पु-याउँछ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै धर्म, संस्कृति समुदायबिचको आपसी सहयोग, सहकार्य, एकता र सद्भावले मात्र समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ ।
ओखलढुङ्गा सुमो दुर्घटना : तीन जनाको मृत्यु
खोटाङबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
एभोकाडो व्यापार
भोजपुर, माघ १७ गते । भोजपुरको हतुवागढी गाउँपालिका ५ होम्ताङमा रहेको नुयुङ कृषि तथा पशुपालन फर्ममा उत्पादन भएको एभोकाडो बजारमा पठाउन ुप्याकेजिङु गर्दै किसान । यहाँ उत्पादनको भएको एभोकाडो भोजपुर सदरमुकामसँगै धरान, विराटनगर, काठमाडाँलगायतमा सहरमा जाने गरेको छ । तस्बिरः रासस
उखु पेल्दै
हलेसी, माघ १७ गते । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित पिप्लेबेँसीमा सखर उत्पादनका लागि गोरु नारेर उखु पेल्दै स्थानीय किसान । पिप्लेबेँसीमा उत्पादित सखर औषधीको लागि समेत प्रयोग गर्ने भन्दै नागरिकले खरिद गरेर लाने गरेको किसान बताउँछन् । । तस्बिरः रासस
पाथीभराको समस्या वार्ताद्वारा समाधान गरिने
नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा भएको द्वन्द्वलाई वार्ता र समझदारीबाट समाधान गर्न सकिने बताउनुभएको छ ।
फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल
इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो ।
मलको अभाव
तराई क्षेत्रका किसान यतिबेला मकै खेतीमा हाल्ने युरिया, डिएपी र पोटास मलको पर्खाइमा छन् । पर्याप्त मात्रामा किसानले मल नपाउँदा मकैबोटमा मल हालेर गोड्नसमेत पाएका छैनन् ।
तीन साहित्यिक पुरस्कार स्थापना
साहित्य क्षेत्रमा योगदान गर्नेहरूलाई प्रदान गर्ने गरी विराटनगरमा तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना गरिएको छ ।
माओवादीको पालिका कमिटी चयन
ताप्लेजुङमा नेकपा (माओवादी केन्द्र) ले तीनवटा स्थानीय तहमा पालिकास्तरीय अधिवेशन सम्पन्न गरेको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिकासहित तीन स्थानीय तहमा नयाँ कमिटी चयन गर्दै माओवादीले पालिकास्तरीय अधिवेशन सम्पन्न गरेको हो ।
एचपिभी खोप सञ्चालनका लागि केन्द्र निर्धारण
ताप्लेजुङमा महिलाको पाठेघरको क्यान्सरविरुद्ध दिइने खोप अभियान सञ्चालनका लागि केन्द्र निर्धारण गरिएको छ । जिल्लामा दुई चरणमा सञ्चालन हुने खोप अभियानका लागि खोप केन्द्र निर्धारण गरिएको हो ।
शैक्षिक महोत्सवमा रैथाने सीप प्रदर्शन
मानेभन्ज्याङ गाउँपालिकाको आयोजनामा माघ १६ देखि १९ गतेसम्म भगवती माध्यमिक विद्यालयमा हुने शैक्षिक महोत्सवका लागि सामग्री उत्पादनमा विद्यार्थीहरुको दोडधुप देखिन्थ्यो ।
सखर बनाउन व्यस्त खोटाङका किसान
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा पिप्ले बेँसीका किसानलाई अहिले उखु पेल्न भ्याइनभ्याइ छ ।
एचपिभी खोपको सम्पूर्ण तयारी पूरा
कोशी प्रदेशमा यही माघ २२ गते शुभारम्भ हुने एचपिभी खोपको सम्पूर्ण तयारी पूरा भएको छ । दुई चरणमा लगाइने यो खोप आगामी फागुन ४ गते सम्पन्न हुनेछ ।
झापामा ५५ हजारलाई क्यान्सरविरुद्धको खोप लगाइने
झापामा एकसाथ ५४ हजार ९९९ जना किशोरीलाई एकसाथ पाठेघरको मुखको क्यान्सर रोग बिरुद्धको एचपीभी खोप लगाइने भएको छ ।
दूधकुण्ड पोखरीतर्फ जाँदै पर्यटक
सोलुखुम्बु, माघ १६ गते । समुद्री सतहदेखि चार हजार ६०० मिटरको उचाईमा अवस्थित सोलुखुम्बुको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल दूधकुण्ड पोखरीतर्फ जाँदै आन्तरिक पर्यटक । तस्बिरः रासस
फुलकोपीले मूल्य नपाउँदा किसान मारमा
भारतीय फुलकोपी बजारमा आएपछि झापामा उत्पादन भएको फुलकोपीले उचित मूल्य नपाएपछि किसानहरू निराश भएका छन् । गतबर्ष न्यूनतम २० देखि ३० रुपियाँसम्ममा सरदरमा बिकेको फुलकोपी यो पटक १० रुपियाँमा समेत मुस्किलले बिकेपछि किसानहरूले लागत समेत उठाउन नपाएको गुनासो गरेका छन् ।
खानेपानीमा पिरोलिँदै इलाम नगरपालिका
इलाम सदरमुुकामलाई खानेपानी पुु-याउनुुपर्ने जिम्मेवारी रहेको इलाम नगरपालिका यतिबेला पानी आपूर्ति हुुँदै गरेको क्षतिग्रस्त पाइपलाइन कसरी मर्मत गर्ने भन्ने विषयमा पिरोलिन थालेको छ ।
डम्फु र टुङ्नाको संरक्षणमा समुदाय
इलामको फाकफोकथुमका दीपक र पदम तामाङलाई यतिबेला तामाङ समुदायको संस्कृति झल्कने डम्फु र टुङ्ना बनाउन भ्याइनभ्याइ छ । आफ्नो समुदायको संस्कार र संस्कृति झल्कने डम्फु र टुङ्ना बनाउन उहाँहरू लाग्नुभएको निकै भइसक्यो ।
विदेशी महले नेपाली किसान मारमा
थोरै लगानी र श्रमबाट उल्लेख्य आर्थिक लाभ लिन सकिने भएपछि किसानले मौरीपालन व्यवसाय रोज्न थालेका छन् ।
पानीमा माउन्ट फुजीको लगानी
जापानको माउन्ट फुजी स्प्रिङ इन्कर्पोरेट कम्पनीले सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकामा लगानी गर्ने भएको छ ।
वार्ता गरी पाथीभरामा केबलकार निर्माण अघि बढाइने
गृहमन्त्री रमेश लेखकले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनको विषयमा सम्बन्धित चार जिल्लाका सांसदसँग छलफल गर्नुभएको छ ।
बालिका करणी आरोपमा वृद्धसहित दुई पक्राउ
ताप्लेजुङमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वृद्धसहित दुईजना पक्राउ परेका छन् ।
पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु
झापाको शिवसताक्षी नगरपालिका ११ झरना पुलनजिक पूर्वपश्चिम राजमार्गमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।