दलित समुदायलाई आत्मनिर्भर बनाउन ‘सीपमूलक तालिम’
यहाँको टेम्केमैयुङ गाउँपालिकाले दलित समुदायलाई ‘व्यावसायिक सीपमूलक कार्यक्रम’ सुरु गरेको छ । न्यून आय भएकालाई आर्थिक रुपमा सक्षम, उद्यमशीलसँगै आत्मनिर्भर बनाउन कार्यक्रम थालेको हो ।
बजार अनुगमनः म्याद गुज्रेका सामग्री नष्ट
धनकुटास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको टोलीले सङ्खुवासभाको खाँदबारीमा बजार अनुगमनका क्रममा एक लाख १७ हजार बराबरको म्याद गुज्रेका सामग्री बरामद गरेको छ ।
ठेकदारको बदमासीः बाली हुर्किसक्यो किसानले मल पाएनन्
ठेकदारको बदमासीले गर्दा मोरङका किसानहरू बाली हुर्किसक्दा पनि मल पाउन सकेका छैनन् ।
८९ लाख लिएर ठेकेदार बेपत्ता, चार वर्षदेखि पुल अलपत्र
धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको सिरानमा रहेको लेदुवा खोलामा निर्माणाधीन पुल ४ वर्षदेखि अलपत्र छ ।
शरीरमा राखिएका रड र किला निकालियो
सवारी दुर्घटनामा परेर खुट्टा भाँचिएका ताप्लेजुङ आङ्खोप निवासी शुव्रmराज लिम्बूले विराटनगर पुगेर स्टिल राख्नुभएको थियो । उहाँको खुट्टामा राखिएको स्टिल दुई वर्षअगाडि नै झिकिसक्नुपर्नेमा उपचार खर्चको अभावले उहाँ अस्पताल जान नसक्नु भएपछि उल्टो असर पर्न थालेको थियो ।
गाउँगाउँमा सडक स्तरोन्नति भएपछि नागरिक उत्साहित
सूर्योदय–१ मकरजुङका ९३ वर्षीय तुलसीराम अधिकारीलाई आँगन छेउको बाटो कालोपत्र भइरहेको देख्दा सपना जस्तै लागिरहेको छ । सडक छेउमा उभिएर स्तरोन्नति भइरहेको सडक नियाल्दै अधिकारीले भन्नुहुन्छ,“हाम्रो गाउँको बाटो यतिको काइदा हुन्छ भन्ने कल्पना पनि थिएन । सपना हो कि विपना हो जस्तो लागिरहेको छ ।”
ओलाङचुङगोलामा सुख्खा बन्दरगाह निर्माण गर्न माग
फुङ्लिङ, चैत १४ गते । ताप्लेजुङको ओलाङचुङगोलामा सुख्खा बन्दरगाह निर्माण गर्नु पर्ने माग अघि सारिएको छ । नेपाल–चीन व्यापार प्रवर्द्धनका लागि सुख्खा बन्दरगाह निर्माण गर्न स्थानीयहरूले माग अघि सारेका हुन् । हाल उक्त नाकामा सडकको पहुँच भइसकेको र उत्तर दक्षिण सीमा जोडिने सबैभन्दा कम दुरीको सडक भएको हुँदा सो नाका सुख्खा बन्दरगाह निर्माण गर्न उचित हुने देखिएको फक्ताङलुङ गाउँपालिका ७ वडा अध्यक्ष छेतेन लामाले बताउनुभयो । उहाँले गत सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै सुख्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन [डिपिआर] तयार गर्न आग्रह गर्नुभएको छ । ओलाङचुङगोलाको मवाटार क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण गर्नका लागि नेपाल इन्टर मोडल यातायात विकास समितिले मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममा उक्त परियोजना समावेश गर्न आग्रह गरेको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिले आर्थिक वर्ष २०७८र७९ मा सो नाकाको पूर्व सम्भाव्यता अध्ययन पूरा गरी प्राप्त प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको जनाएको छ । साथै, फक्ताङलुङ गाउँपालिकाको ७ वडा कार्यालयले आवश्यक जग्गा उपलब्ध रहेको जानकारी दिँदै सुख्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माणका लागि अनुरोध गरेको छ ।
सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा
इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ। आज बिहान ९ः३० बजे सुरु भएको आगो करिब छ घण्टापछि नियन्त्रणमा आएको हो।
इटहरी सेन्टर प्लाजा आगलागी : ११ जनाको उद्धार
इटहरीको मुख्य चोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ ।
इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो
इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा आगो लागेको छ । सेन्टर प्लाजा नामले परिचित सो भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर ल्याउने र आगो निभाउने काम भइरहेको छ ।
रङ्गेली अस्पतालमा हाइड्रोशिल र हर्नियाको निःशुल्क शल्यक्रिया
मोरङको रङ्गेली अस्पतालले यही चैत ३ गतेदेखि हाईड्रोसिल र हर्नियाको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिरहेको छ ।
साढे तीन महिनापछि सुकेटार विमानस्थलमा उडान हुँदै
ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान सञ्चालन हुने भएको छ । हवाई उडान ठप्प भएको करिब साढे तीन महिनापछि आगामी शनिबारबाट नियमित हवाई उडान सुरु हुने भएको हो ।
बर्सातअगावै कालोपत्रे गरिने
एसियन हाइवेका रूपमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग निर्माण सुरु भएको १३ महिना भइसक्दा पनि १५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन
चियाको पहिलो टिपाइ सुरु
इलाममा यस वर्षको उत्पादन सुरु हुन थालेको छ । चिया उत्पादनको मुख्य क्षेत्र रहेको इलाममा केही उद्योगका लागि पहिलो टिपाइ वा ‘फस्ट फ्लस’ को काम सुरु भएको छ । बर्सैभरिको उत्पादनमध्ये गुणस्तरीय मानिने पहिलो चरणको टिपाइको चियालाई किसान र उद्योगीले विशेष महत्वसाथ लिने गरेका छन् ।
विकास र लाक्पालाई ब्याडमिन्टन उपाधि
ताप्लेजुङ जिल्लास्तरीय मेयर कप खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि मेन्स डबल्स सिनियरतर्फ विकास तामाङ र लाक्पा शेर्पाको जोडीले जित्नुभएको छ ।
डाँडाबजार गोल्डकप वैशाखमा
धनकुटाको साँगुरीगढी गाउँपालिका–५, स्थित डाँडाबजारमा वैशाख १७ गतेदेखी चौथो संस्करणको डाँडाबजार गोल्डकप संचालन हुने भएको छ ।
पूर्वी नाकाबाट प्लाइउड निर्यात ठप्प
भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेको छ । प्लाइउड बोकेका ३४ वटा ट्रकलाई भारतस्थित पानीट्याङ्की स्थल भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम प्रसाईंले बताउनुभयो ।
तीन महिनापछि भोजपुरमा उडान सुरु
बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ ।
प्रगतिशील लेखक सङ्घमा हाङ्बाङ
ताप्लेजुङस्थित प्रगतिशील लेखक सङ्घ नेपालको अध्यक्षमा प्रजिन हाङ्बाङ चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न सङ्घको तेस्रो जिल्ला अधिवेशनले हाङ्बाङ अध्यक्ष रहेको १३ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो ।
साधनस्रोतको अभावमा स्थानीय तह
पाँचथर जिल्लाको अति सुक्खाग्रस्त र विकट स्थानीय तहका रूपमा चिनिन्छ तुम्बेवा गाउँपालिका । जिल्लाका आठ वटा स्थानीय तहमध्ये सबैभन्दा कम जनसङ्ख्या भएको गाउँपालिका हो तुम्बेवा । १४७.३४ वर्ग
कोप्चे बन्यो ‘सुन्तले सहर’
पुराना शैलीका तर सुन्दर सुन्तले रङमा सजिएका एकै नासका घर । एउटै रङमा सजिएका ठाउँ ठाउँमा पाटीपौवा र नेवारी रहनसहन । झिँगटी तथा विभिन्न पुराना कलाकृति झल्कने घर । पाटीपौवा
लौका बेचर मासिक ४० हजार आम्दानी
मङ्गलबारे (इलाम), चैत १२ गते । जिल्लाको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक रु ४० हजार आम्दानी गर्दै आउनुभएको छ । कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उहाँ परिवार र समाज समृद्ध बन्नसक्ने उदाहरणीय पात्र बन्नुभएको छ । भण्डारी बिहान सबेरैदेखि तरकारी बारीमा भेटिनुहुन्छ । दिउँसो उत्पादित वस्तु बजार लैजाने, बेच्ने र बेलुका पुनः करेसाबारीमा खटिने उहाँको दैनिकी हो । सिजनमा मात्रै तरकारी र फलफूल उत्पादन हुने बताउँदै उहाँले बेमौसमी तरकारीखेती गर्नसके मनग्ये आम्दानी गर्न सकिने धारणा राख्नुभयो ।भण्डारीले १० बिघा जमिनमा विभिन्न कृषिउपजको खेती गरेको बताउनुभयो । “अहिले हरियो मकै खानेबेला भएको छ, विभिन्न तरकारी पनि छन् । आफ्नो छ कट्ठा मात्र जमिन छ ।बाँकी भाडामा लिएर खेती गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।बारीमा अधिकांश समय लौका हुने उहाँको भनाइ छ । गत असोजदेखि उत्पादन सुरु भएको लौका अहिलेसम्म बिक्री भइरहेको छ । सुरुमा प्रतिलौका रु १७० बिक्री जनाउँदै उहाँले अहिले भने रु ५० मा बिक्री हुने बताउनुभयो ।उहाँले उत्पादित कृषिउपज झापाको दमकमा लगेर बिक्री गर्नुहुन्छ । करिब सात किलोमिटरमा पर्ने यो बजारमा उहाँ दैनिकजसो जाने गर्नुहुन्छ । भण्डारीले मासिक रु ४० हजार बढी लौकाबाट आम्दानी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “लौका बेचेर छोरा बुहारीलाई जापान पठाएँ । दैनिक घरव्यवहार चलाउन समस्या छैन ।” छोरा बुहारीलाई जापान पठाउन लिएको ऋण रु १५ लाख तिरिसक्न लागेको उहाँले उल्लेख गर्नुभयो ।लौकाबाहेक स्थानीय कुरिलो, बोडी, मुन्टा, अन्य तरकारी र मेवा उत्पादन भइरहेको भण्डारीले बताउनुभयो । घरमा दही जमाएर मोही र नौनी घिउ पनि बिक्री गर्ने गरेको बताउँदै उहाँले आफ्नो उत्पादनसँगै गाउँमा उत्पादित वस्तु पनि उहाँले बजार लगेर बिक्री गर्नुहुन्छ ।“दही, मोही बेचेको देखेर कतिपयले दहीवाली दिदी पनि भन्छन् । कर्मले दहीवाली दिदीसमेत बनाएको छ । यो नामले बोउँदा झन खुसी लाग्छ”, भण्डारीले भन्नुभयो ।उहाँका श्रीमान् भुपूप्रहरी हुनुहुन्छ । श्रीमान्ले उत्पादित वस्तु चुलाचुलीको गाउँमा लैजाने गर्नुभएको भण्डारीको भनाइ छ । “बस्ती बाक्लो भएका ठाउँमा डुलाउन पर्दैन । डुलाएर बेच्दा भने मूल्य महँगो पर्दछ”, उहाँले भन्नुभयो ।भण्डारीले १७ वर्षअघिदेखि यो पेसालाई निरन्तर दिँदै अहिले व्यावसायिक तरकारीखेतीमा संलग्न भएको बताउनुभयो । हालै स्थानीय निकायबाट अनुदानका कार्यक्रममा सहभागी भएको उहाँले जानकारी दिनुभयो ।दीपज्योति कृषि फार्म सञ्चालन गर्नुभएकी भण्डारीले मौसमीभन्दा बेमौसमी तरकारीखेतीले प्रशस्त आम्दानी हुने अनुभव सुनाउनुभयो । कृषिमा अग्र्यानिक उत्पादनमा गर्नुपर्नेमा जोड दिँदै उहाँले घर भएका गाई र बाख्राको मल प्रयोग गर्ने गरेको जानकारी दिनुभयो । आफूले १० जनालाई रोजगारी दिएको जनाउँदै भण्डारीले कतिपयलाई घण्टाका आधारमा र कतिपयलाई दैनिक ज्यालादारीमा कामदार राखेको बताउनुभयो । प्रेसर, सुगर भएकाहरूले लौका खोज्दै घरसम्म आउने उहाँको भनाइ छ । एउटै लौकाको पाँच हजारभण्डारीले एउटै लौकाबाट रु पाँचदेखि रु सात हजारसम्म आम्दानी गरेको जानकारी दिनुभयो । लौका तरकारीका रूपमा बेच्दा रु दुई सयसम्म परे पनि यसको बीउबाट बढी फाइदा लिन सकिने उहाँले बताउनुभयो । रु ५० को तीन वटा बीउ घरबाट बिक्री हुने उहाँले जानकारी दिनुभयो । “ध्वाँसे र घिउ लौका बजारमा बढी माग हुन्छ । यसको बजारीकरणमा समस्या छैन । ठूलो दाना भएको लौकामा बढी बीउ हुने भएकाले मूल्य साट्ने पनि गर्छौँ । सानो दानामा कम बीउ हुँदा कम मूल्य पर्दछ । लौकाको बीउका साथै बोडी, काँक्रा, सिमीलगायत तरकारीको बीउ पनि उत्तिकै बिक्री हुन्छ”, भण्डारीले भन्नुभयो । रासस
श्रीमतीको हत्या गरी श्रीमानद्वारा आत्महत्या प्रयास
झापाको कनकाई नगरपालिका ५ नारायणदल चौकमा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या प्रयास गरेका छन् । स्थानीय ४० वर्षीय लालबहादुर मंग्रातीले ४० वर्षीया श्रीमती मनिसा मग्रातीको हत्या गरी आत्महत्या प्रयास गरेका हुन् । उनीहरु स्थानीय योगेन्द्र बसेलको घरमा भाडामा बस्दै आएका थिए ।
अपाङ्गता भएकालाई आत्मनिर्भर बनाइँदै
सामान्य दिनचर्याका लागि थुप्रै अप्ठ्यारा भए पनि ४६ वर्षीय रामबहादुर लिम्बू जीवनोपयोगी सिप सिकेर आत्मर्निभर बन्नुभएको छ । कम्मरमुनिको भाग राम्रोसँग नचल्ने उहाँले मुढा बनाउने सिप सिकेर आत्मनिर्भर बन्दै आउनुभएको हो ।