बिहीबार सङ्क्रमणदर १२ प्रतिशत पुग्यो : उपत्यकामा धेरै सक्रिय संक्रमित
नेपालमा चौंथो लहरमा प्रवेश गरेसँग कोरोना सङ्क्रमणदर बढ्दो क्रममा छ। एक महिना अघि एक प्रतिशत भन्दा काम भएको सङ्क्रमणदर बढेर १२ प्रतिशत भन्दा बढीमा पुगेको छ ।
२४ घण्टामा ४३५ जनामा कोरोना पुष्टि
काठमाडौं, साउन ५ गते । पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१७ जना पीसीआर र ११८ जनामा एन्टीजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो । २४ घण्टामा १६ सय ६७ पीसीआर र १९०२ जनाको एन्टिजेन गरेर कुल तीन हजार पाँच सय ६९ जनामा परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा मृत्यु भने शून्य रहेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या २५ सय ३७ पुगेको छ । पछिल्ला दिनमा संक्रमण बढ्दै गएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
स्वास्थ्य राज्यमन्त्रीसँग दन्त मन्जन र ब्रसको गुणस्तर अनुगमनको माग
काठमाडौं,साउन ५ गते। नेपाल डेन्टल साइन्स हाइजीनिस्ट एसोसिएसनका प्रतिनिधिले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई भेटेर तीन बुँदे मागपत्र पेश गरेका छन्। एसोसिएसन अध्यक्ष माइकल देवकोटासहितको टोलीले राज्यमन्त्री केसीलाई भेटेर मागपत्र पेश गरेका हुन्। संघले दैनिक प्रयोग हुने दन्त मन्जन र ब्रसको गुणस्तर यसको अनुगमन हुनुपर्ने, डेन्टलमा प्रयोग हुने औषधि डेन्टल कच्चापदार्थको गुणस्तर र अनुगमन व्यवस्थापन हुनुपर्ने माग गरेको छ।दाँतमा प्रयोग हुने औषधिजन्य वस्तुको गुणस्तर र अनुगमन हुनुपर्ने माग राखिएको संघका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो।
‘ऐन कार्यान्वयन गर्न सबै एकजुट हुनुपर्छ’
नेपाल चिकित्सक सङ्घले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ कार्यान्वयन गर्न सबै सरोकारवाला निकायहरु एकजुट हुनुपर्ने बताएको छ ।
विद्यालयमा निर्धक्क भएर सेनिटरी प्याडको प्रयोग
महिनावारी भएका बेला विद्यालय नै नआउने छात्राहरु हिजो आज निक्कका साथ विद्यालयमै प्याड प्रयोग गर्न थालेकी छन् । विद्यालयको एउटा सुरक्षित स्थानमा सेनिटरी प्याड निकाल्ने भेण्डर मेशिन जडान गरिएपछि छात्राले प्याड प्रयोग गर्न थालेका हुन् ।
रुस–युक्रेन युद्धको असर मुटुको शल्यक्रियामा
मुटुको शल्यक्रिया गर्दा आवश्यक पर्ने अक्सिजेनेटरको अभावमा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया नै बन्द भएको छ । यो समस्या अन्य अस्पतालमा पनि आउने सम्भावना छ तर यो अन्तर्राष्ट्रिय समस्या नै रहेको छ । रुस र युक्रेन युद्धका कारण कच्चा पदार्थको आपूर्ति कम भएका कारण अक्सिजेनेटरलगायतका स्वास्थ्य सामग्री अभाव हुन थालेको हो ।
स्वास्थ्य बीमा बन्द गरिएकोप्रति एमालेको ध्यानाकर्षण
देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएकोप्रति नेकपा (एमाले) ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले बुधबार विज्ञप्ती जारी गर्दै आमनागरिकले सहज ढंगबाट बीमाको उपयोग गर्न पाउनुपर्ने उल्लेख गर्नुभएको छ ।
‘बालबालिकामा हुने क्यान्सर शतप्रतिशत निको हुन्छ’
हरेक वर्ष नेपालमा एक हजारदेखि १५ सयको हाराहारीमा बाल क्यान्सरका नयाँ बिरामी थपिने अनुमान गरिएको छ।नयाँ थपिएका क्यान्सरका सबै बिरामी उपचारको पहुँचमा नभएको चिकित्सकको भनाइ छ।
थप तीन जनामा हैजा पुष्टि
काठमाडौंका थप तीन जनामा हैजा पुष्टि भएको छ। मङ्गलबार गरिएको परीक्षणमा थप तीन जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।