• १३ साउन २०८१, आइतबार

कोभिडबारे नागरिकलाई सचेत रहन आग्रह

blog

काठमाडौँ, साउन ६ गते । कोभिड–१९को प्रकोप बढ्दै गएपछि कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पनि आफ्ना काम अगाडि बढाउन थालेको छ ।

बिहीबार बसेको बैठकले नागरिकलाई कोभिडबारे सचेत तथा  सजग गराउनुपर्ने भन्दै जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ । कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सीसीएमसी)का पदाधिकारी तथा प्रधानमन्त्री कार्यालयका सहसचिव शङ्कर नेपालले नागरिकलाई कोभिडबारे सचेतना जगाई  स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको बताउनुभयो । उहाँले पूर्ण खोप र अतिरिक्त खोप लगाउन छुट भएको छ भने ती व्यक्तिलाई पनि खोप लगाउन आग्रह गरिएको भन्दै पाँच वर्ष माथिका बालबालिकालाई पनि खोप लगाउने कार्यलाई बढाउन निर्देशन दिएको बताउनुभयो ।