• १३ असोज २०८१, आइतबार

२४ घण्टामा ४३५ जनामा कोरोना पुष्टि

blog

काठमाडौं, साउन ५ गते । पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१७ जना पीसीआर र ११८ जनामा एन्टीजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो । 

२४ घण्टामा १६ सय ६७ पीसीआर र १९०२ जनाको एन्टिजेन गरेर कुल तीन हजार पाँच सय ६९ जनामा परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा मृत्यु भने शून्य रहेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २५ सय ३७ पुगेको छ । पछिल्ला दिनमा संक्रमण बढ्दै गएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।