आठ आप्रवासीको डुबेर मृत्यु
टर्कीको समुद्री किनारामा डुङ्गा पल्टिँदा कम्तीमा आठ आप्रवासीको डुबेर मृत्यु भएको छ । स्थानीय गभर्नरको कार्यालयले शुक्रबार दिएको जानकारी अनुसार डुङ्गा दुर्घटनामा परेका कूल १२ जनामध्ये आठ आप्रबासीको डुबेर मृत्यु भएको थियो भने बाँकी चार जनाको सकुशल उद्धार भएको छ ।
रूसको राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरू
रूसमा सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लागि मतदान जारी छ । रूसको सुदूरपूर्वी क्षेत्र मानिने कामचटका, चुकोटलगायतका क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार बिहान ८ बजेदेखि मतदान सुरू भएको हो ।
चर्को आवाज निकाल्ने मोटरसाइकलका साइलेन्सर निकालियो
बाँकेमा मोटरसाइकलमा चर्को आवाज निकाल्ने साइलेन्सर राखेर ध्वनी प्रदूषण गर्नेविरुद्ध कारवाही सुरु भएको छ।
माओवादीको विधान सुझाव परिमार्जनसहित पारित
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रुप दिएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधानलाई अन्तिम रुप दिएको हो ।
नेपाल-युरोपियन युनियन चलचित्र महोत्सव चैत ७ गतेबाट
नेपाल र युरोपेली संघ (इयू)बिच सांस्कृतिक सम्बन्ध विस्तारका साथै चलचित्रका माध्यमबाट पारस्परिक सद्भाव र सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको चलचित्र महोत्सवको १३ औँ श्रृङ्खला चैत ७ गतेबाट सुरु हुने भएको छ ।
भारतमा दुर्घटनामा परी नेपालीको मृत्यु
भारतको पश्चिम बङ्गालको सिलिगुडीस्थित रेल्वे स्टेसनमा दुर्घटनामा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका–५ का ५० वर्षीय विष्णु शर्मा रहेका छन् ।
काँग्रेसले गर्यो संसद्को बेल घेराउ, अर्को बैठक आइतबार ११ बजे
शुक्रबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै काँग्रेस सांसदले संसदको वेल घेराउ गरेका हुन्।
सरकारलाई असफल हुने छुट छैन : मन्त्री भण्डारी
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ । डल्फिन समुहको १४ औं वार्षिकउत्सवको शुक्रबार नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो ।
राष्ट्रिय सभामा ‘सुरक्षित कारोबार संशोधन विधेयक’ पेश
सरकारले राष्ट्रिय सभामा ‘सुरक्षित कारोबार (पहिलो) संशोधन विधेयक–२०८०’ पेश गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पेश गर्नुभएको हो ।
व्यापार नभएपछि ढोलक तथा मादल व्यवसायी निराश
भारतबाट धनुषाको ढल्केबरमा आएर ढोलक तथा मादल बनाएर बेच्न बसेका व्यापारी निराश देखिएका छन्। सोचे जस्तो व्यापार नभएपछि व्यापारी निराश भएका हुन्।
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि संसदमा उठेका विषयमा सरकारबाट जवाफ नआएको भन्दै विरोध जनाएपछि आजको बैठक केहीबेरका लागि स्थगित गरिएको हो ।
अमेरिकी स्टिल कम्पनी निप्पोनलाई बिक्री गर्ने पक्षमा नरहेको राष्ट्रपति बाइडेनको भनाइ
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी स्टील कम्पनीलाई जापानको निप्पोन स्टिललाई बिक्री गर्ने प्रस्तावको विपक्षमा आफू रहेको बताउनुभएको छ ।
वैदेशिक रोजगारीमा जानेलाई ६ महिने विषयगत तालिम दिन माग
नेकपा(एमाले)का सांसद भीमप्रसाद आचार्यले वैदेशिक रोजगारीमा जानेहरुलाई ६ महिने विषयगत तालिम दिनुपर्ने बताउनुभएको छ ।
बृहत् शिविरमार्फत १६ सयले लिए स्वास्थ्य सेवा
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा सञ्चालित बृहत् स्वास्थ्य शिविरमार्फत एक हजार पाँच सय बढीले सेवा लिएका छन् ।
गैँडाको आन्तरिक स्थानान्तरण सुरु
नवलपुरको कावासोतीबाट चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक रूपमा गैँडाको स्थानान्तरण सुरु गरिएको छ ।
राष्ट्रियसभामा नयाँ व्यवस्थाः सुरु भयो प्रादेशिक सरोकार समय
राष्ट्रियसभाको बैठकमा प्रादेशिक सरोकारका विषयमा छलफल सुरु भएको छ । राष्ट्रियसभाको नयाँ नियमावलीमा गरिएको व्यवस्थाअनुसार प्रादेशिक समस्या, विकास निर्माणको अवस्थालगायतका विषयमा छलफल गर्न ‘प्रादेशिक सरोकार समय’ सुरु भएको हो ।
मध्य भियतनाममा विषाक्त खाना खाएपछि १९५ जना अस्पताल भर्ना
भियतनामको खान्ह होआ प्रान्तको केन्द्रीय शहर न्हा ट्राङको एक होटलमा खाना खाएपछि बिरामी परेको आशङ्कामा कम्तीमा १९५ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।
बाँकेमा ८४० महिलाकाे स्वास्थ्य परीक्षण गर्दा २७ जनामा क्यान्सरको लक्षण
बाँकेको खजुरा गाउँपालिकामा ८४० जना महिलालाई निःशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य उपचार प्रदान गरिएको छ । जसमध्ये २७ जना महिलामा पाठेघरको क्यान्सरको लक्षण पाइएको छ ।
धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु
धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरण (बैंकिङ कसुर)मा मुछिएका १० बैंकरमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ ।
दक्षिणपूर्वी गाजामा इजरायली हमला हुँदा २१ जनाको मृत्यु
गाजा सहरमा सहायताको प्रतीक्षामा रहेका विस्थापित प्यालेस्टिनी भेला भएको स्थानमा इजरायलले गरेको आक्रमणमा कम्तीमा २१ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।
मैनामैनी दुर्घटनाका घाइते भन्छन्- अप्ठ्यारो बाटोका कारण दुर्घटना भयो
भोजपुरको हतुवागढी गाउँपालिका-५ की कुलबुङ राई श्रीमान् किसन राईसँग गत फागुन २३ गते इटहरी आउनुभएको थियो । उद्देश्य थियो, नन्दहरुसँग भेटघाट र घुमघाम ।
तातोपानी कुण्ड संरक्षणमा प्रदेश सरकारको चासो
२०७८ साल असार १ मा आएको बाढीले मनाङको तातोपानी कुण्ड बगायो । बाढीका कारण चामे गाउँपालिका–५ चामेमा रहेको तातोपानी कुण्डको संरचना पूर्णरुपमा भत्किएको छ ।
मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अङ्कुर साह
सहकुलपति एवं प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहको संयोजकत्वमा बनेको सिफारिस समितिको सिफारिसका आधारमा मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार डा साहलाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो । स्वास्थ्यमन्त्री सिंहले गत फागुन २१ गते डा साहको नाम एक नम्बरमा सिफारिस गर्नुभएको थियो ।
साँघुरा गल्लीमा आगलागीको जोखिम कम गर्न पूर्वसतर्कता
पश्चिम नेपालकै पुरानो सहर नेपालगन्जका भित्री र साँघुरा गल्लीहरुमा विशेष गरी गर्मीयाममा हुने गरेको आगजनीको जोखिम कम गर्न पूर्वसतर्कता अपनाइएको छ ।