एनआरएनएको दुवै कार्यसमिति अमान्य ठहर
सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा नेतृत्व गर्नुभएका बद्री केसी र आरके शर्मा दुवै कार्यसमितिलाई अमान्य ठहर गरेको छ ।
ठेक्का सम्झौताको दुई वर्षसम्म पनि सवस्टेसन निर्माण सुरु भएन
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा ठेक्का सम्झौता भएको २६ महिनासम्म पनि सवस्टेसन निर्माणको काम सुरु भएको छैन । सवस्टेसनमा निर्माणमा भएको ढिलाइका कारण राहुघाट र म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजना अन्यौलमा परेका छन् ।
परिवर्तन हुँदै प्रदेश सरकार
सङ्घीय सरकारको सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेश सरकारको गठबन्धनमा पनि परिवर्तन भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ गते नेपाल कम्युनिस्ट पार्टी (एमाले) सहितका दलसँग सहकार्य अघि बढाएपछि प्रदेश सरकारमा पनि समीकरण बदलिएको हो ।
अण्डाको नयाँ बिक्री मूल्य निर्धारण
नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । नयाँ समर्थन मूल्य चैत २२ गतेदेखि लागू हुनेछ ।
सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य : मन्त्री गिरी
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारको प्रमुख लक्ष्य सुशासन र समृद्धि रहेको बताउनुभएको छ ।
बुलबुले ताल
सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल र आसपासको क्षेत्र ।
कैलालीमा ट्रकमा आगलागी
कैलालीमा एक ट्रकमा आगलागी भएको छ। उखु बोकेर कञ्चनपुरबाट बर्दियाको राजापुरतर्फ गइरहेको ना ५ ख ४२६९ नम्बरको ट्रकमा आज आगलागी भएको हो।
चुम्लुङको मौलिक सांस्कृतिक महोत्सव हुँदै
किराँत याक्थुङ चुम्लुङ पाँचथरको नवौँ जिल्ला अधिवेशन तथा मौलिक सांस्कृतिक महोत्सव चैत २३ र २४ गते सदरमुकाम फिदिममा हुने भएको छ।
खेलकुद बहुआयामिक सम्भावनायुक्त क्षेत्र : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताउनुभएको छ ।
पोखरामा आगामी सातादेखि महोत्सव
‘पर्यटन, संस्कृति र खाना’ नाराका साथ कास्कीको पोखरामा यही चैत २९ गतेदेखि फेवा नववर्ष महोत्सव, २०८१ आयोजना हुनेभएको छ ।
इलाम–२ उपनिर्वाचनको उम्मेदवार आजै टुङ्गिन्छ : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसको तर्फबाट उम्मेदवार बुधबार टुङ्गिने बताउनुभएको छ।
डेङ्गुप्रति सचेतना अपनाउन आग्रह
गर्मीयाम सुरु भएसँगै डेङ्गुको जोखिम पनि बढ्न थालेको छ । गर्मी बढेसँगै मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले डेङ्गुको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै गएको हो ।
इलाम–२ उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत तोकियो
२०८१ वैशाख १५ गते सम्पन्न हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ। प्रतिनिधि सभा सदस्य चयन गर्नका लागि हुने निर्वाचन सफल बनाउन निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो।
बल्खुस्थित साझाको पम्पबाट चौबिसै घण्टा पेट्रोलियम पदार्थ वितरण
साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोलपम्पबाट आजदेखि २४ सै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत गरिएको छ ।
कारागारमा एक कैदीको मृत्यु
नेपालगन्जस्थित बाँके कारागारका एक जना कैदीको मृत्यु भएको छ। कारागारका जेलर अर्जनजंङ्ग शाहले दिनुभएको जानकारी अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयाघातले मृत्यु भएको हो।
सवारी दुर्घटनामा एक जनाको मृत्यु
जिल्लाको शितगंगा नगरपालिकामा मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
श्रमिकको अधिकार संरक्षण र मिटरब्याजी शोषण अन्त्यको पहलकदमी ऐतिहासिक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमै रहेका श्रमिकको अधिकार संरक्षणका साथै मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको बताउनुभएको छ ।
संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनको माग
प्रतिनिधि सभाको बैठकको विशेष समयमा सांसदहरूले कानुन निर्माण, संसद्को प्रभावकारिता, पूर्वाधार निर्माण, सहज सेवाप्रवाहलगायत जनजीविकासँग जोडिएका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो, साढे दुई अर्बको कारोबार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ४३ प्रतिशतले घटेर दुई हजार छ दशमलव ७८ को बिन्दुमा कायम भएको हो ।
पाँच महिना नबित्दै उप्कियो बेनी-गलेश्वर सडक कालोपत्र
उत्तर-दक्षिण जोड्ने काली गण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजना अन्तर्गत बेनी-गलेश्वर सडक खण्डको कालोपत्र पाँच महिना नबित्दै उप्किएको छ ।
विद्यार्थी र अभिभावकमाथि भर्नाका नाममा ज्यादती भयो : सांसद बस्नेत
राष्ट्रिय सभाको बैठकमा सांसद जितजङ्ग बस्नेतले नयाँ शैक्षिक सत्र लाग्ने बित्तिकै विद्यार्थी र अभिभावकलाई विद्यालयहरूले ज्यादती गर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
चैत २७ देखि चतराधाममा महाकुम्भ हुने
वराहक्षेत्र नगरपालिका-१, चतराधाम सुनसरीमा यही चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म एक महिना ‘बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला हुने भएको छ ।
मुर्रा राँगाबाट वीर्य सङ्कलन सुरु
भारत सरकारले अनुदानमा दिएको उन्नत जातको मुर्रा राँगाबाट वीर्य सङ्कलन सुरु गरिएको छ । गत मङ्सिर महिनामा नेपाल ल्याइएका उन्नत जातका मुर्रा राँगाबाट बिर्य उत्पादन सुरु गरिएको हो ।
आरोप लाग्नासाथ सांसदबाट राजीनामा दिने सर्वदलीय सहमति गरौँ : सांसद वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले आरोप लाग्नासाथ पदबाट राजीनामा गर्नुपर्ने नजिर स्थापित गर्न सर्वदलीय सहमति गर्न प्रस्ताव गर्नुभएको छ ।