नेपालको संविधान विश्वकै उत्कृष्ट : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महिलालाई थप सशक्तीकरण गर्न जरुरी रहेको बताउनुभएको छ।
हाइड्रोजन उत्पादनको सफल परीक्षण
विगत दुई वर्षदेखि नेपालमा ग्रीन हाइड्रोजनको सम्भाव्यताको विषयमा अध्ययन तथा अनुसन्धान गर्दै आएको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले सफलता हाँसिल गरेको छ ।
‘केजरीवाल लामो समय जेलमा बस्नुपर्दैन’
दिल्लीको मदिरा नीति प्रकरणमा आफ्ना पतिलाई पक्राउ गरिएको विषयमा भइरहेको विरोध प्रदर्शन र राजनीतिक खिचातानीका बिच दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालकी पत्नी सुनिता केजरीवालले विरोध सभालाई आइतबार सम्बोधन गर्दै केजरीवाल लामो समयसम्म जेलमा बस्नु नपर्ने बताउनुभएको छ।
गोरखापत्र संस्थान सञ्चालक सदस्यमा भुर्तेल नियुक्त
गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा उपसचिव विजय भुर्तेल नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शाखा अधिकृत सावित्री देवकोटा पौडेलले आइतबार जारी गर्नुभएको पत्रमा उहाँलाई नियुक्त गरिएको उल्लेख छ ।
मन्त्री लेखीद्वारा कार्यालयमा छड्के निरीक्षण
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले आइतबार जनकपुरधामस्थित मन्त्रालय मातहतका तीनवटा कार्यालयमा छड्के निरीक्षण गर्नुभएको छ ।
गुजरातविरुद्ध नेपालको सहज जित
एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक गुजरात क्रिकेट सङ्घलाई आठ विकेटले सजिलै पराजित गरेको छ ।
भदौरेमा जिप दुर्घटना, १२ जना घाइते
कास्कीको अन्नपूर्ण गाउँपालिका–४ थमाकोडाँडामा आइतबार दिउँसो जिप दुर्घटना भएको छ । दुर्घटनामा १२ घाइते जना भएका छन् ।
तेस्रो हिले उत्सवको तयारी
आगामी चैत्र २३ गतेदेखि धनकुटाको हिलेमा तेस्रो हिले उत्सव हुने भएको छ । हिलेस्थित खेल मैदानमा उत्सव हुन लागेको हो ।
गोठालो जान सीमा पास माग्दै लप्चीका स्थानीय
‘सरकार हामी चौँरी गोठाला हौँ तर गोठालो जान पाएनौँ पास बनाइदिनुपर्यो’ बिगु गाउँपालिका– १ लप्चि सीमाका स्थानीय फुर्वाथार्के शेर्पाले आज दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई अनुरोध गर्नुभयो ।
स्वास्थ्य स्वयंसेविकालाई प्रदेश सरकारकाे सम्मान
६० वर्ष उमेर पूरा भई सेवाबाट बिदाइ हुने महिला स्वास्थ्य स्वयंसेवकलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सम्मान गर्नुभएको छ ।
सुरक्षित मानिएको सडकमा दैनिक दुर्घटना
मधेश प्रदेशअन्तर्गत पर्ने सडक मार्गमध्ये धनुषाको ढल्केबर–जनकपुर सडकखण्ड सवारी सञ्चालनका लागि सबैभन्दा सुरक्षित मानिन्छ। फराकिलो सडक, आवतजावत गर्न छुट्टाछुट्टै लेन र सडक सुरक्षाका लागि सडकको दुवै भागमा रेलिङ्ग निर्माण गरिएको छ। सडकमा मानिस र चौपायाको अनावश्यक प्रवेश रोक्न र दुर्घटना न्यूनीकरण गर्न रेलिङ्ग निर्माण गरिएको छ।
गुजरातले दियो नेपाललाई ९९ रनको सहज लक्ष्य
एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक गुजरात क्रिकेट सङ्घले जितको लागि नेपाललाई ९९ रनको सहज लक्ष्य दिएको छ ।
करेन्ट लागेर एकको मृत्यु
पूर्वी मकवानपुरको बागमती गाउँपालिका ८ कायरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर स्थानीय ५५ वर्षीय देवराम रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सञ्चार क्षेत्रका समस्या समाधानमा पहल गर्छु : प्रदेश प्रमुख मिया
सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाले सञ्चार क्षेत्रका समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनुभएको छ ।
नेपाल गुजरातविरुद्ध टस जितेर फिल्डिङ गर्दै
नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक गुजरात क्रिकेट सङ्घविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ ।
नेप्से परिसूचकमा १७ दशमलव ३० अङ्कको गिरावट
आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमलव ३३ को बिन्दुमा कायम भएको छ ।
बागमतीमा कांग्रेसले विपक्षमा मतदान गर्ने
नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतको विपक्षमा मतदान गर्ने भएको छ।
समाजवादी मोर्चाको विचार गोष्ठी मङ्गलबार
नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी आवद्ध रहेको समाजवादी मोर्चाले चैत्र २० गते मङ्गलबार राष्ट्रिय सभा गृहमा विचार गोष्ठीको आयोजना गर्न लागेको हो।
गृहमन्त्री लामिछाने र धरानका मेयर साम्पाङबिच भेटवार्ता
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबिच भेटवार्ता भएको छ । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर प्रमुख सम्पाङले उपप्रधान एवम् गृहमन्त्री लामिछानेसँग भेटवार्ता गर्नुभएको हो ।
मानव अधिकार उल्लङ्घनकाे घटनामा दुई हजार ८३ जना पीडित
लुम्बिनी प्रदेशमा यस वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा दुई हजार ८३ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलियो
ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन एक सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ ।
सासूआमाको स्मृतिमा अक्षयकोष
कपिलवस्तुको बुद्धभूमि नगरपालिका –९ श्री मावि इमिलियामा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा अध्यापन गराउँदै आउनुभएका महिला शिक्षकले सासूआमाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो ।
पुष्प व्यवसायमा भविष्य खोज्दै युवा
बेलायतबाट उच्च शिक्षा लिई स्वदेश फर्किएपछि निर्मल थापाले हजुरआमाकै पुष्प व्यवसाय सम्हाल्नुभएको छ । हजुरआमा राधिका खड्का पुष्प व्यवसायमा लागेको ४० वर्ष भयो । यसैमा रमेकी हजुरआमाको व्यवसायिक खुसी देखेरै निर्मल पनि यही व्यवसायमा लाग्नुभएको हो ।
कोहलपुर नगर अस्पतालबाटै विशेषज्ञ सेवा
बाँकेको कोहलपुर नगरपालिकाले नगर अस्पतालबाटै अब विशेषज्ञ सेवा दिने भएको छ ।