• १३ साउन २०८१, आइतबार

करेन्ट लागेर एकको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, चैत १८ गते । पूर्वी मकवानपुरको बागमती गाउँपालिका ८ कायरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर स्थानीय ५५ वर्षीय देवराम रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आफ्नै बारीमा मकै हेर्न जाँदा करेन्ट प्रवाह भएको भुईँमा लत्रिएको नाङ्गो तार छुनपुग्दा करेन्ट लागेर उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । रुम्बाको शव पोस्टमार्टमका लागि लागि हेटौँडा अस्पताल ल्याइएको छ ।