नेकपा एमाले रुकुमपश्चिमको अध्यक्षमा पुनः देवकोटा
नेकपा (एमाले) रुकुमपश्चिमको अध्यक्षमा पुनः नन्दराम देवकोटा सर्वसम्मत चयन हुनुभएको छ । सोमबार सम्पन्न एमाले रुकुम पश्चिमको नवौँ जिल्ला अधिवेशनबाट देवकोटासँगै ६१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो ।
सवारी चालक अनुमतिपत्र प्रदेशमै छापिने
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातयात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पूर्वाधार र यातयात क्षेत्रको सुधारका लागि योजना सार्वजानिक गर्नुभएको छ ।
‘हुण्डी कारोबार नियन्त्रण गर्नसके अर्थतन्त्र चलायमान हुन्छ’
बाह्य विप्रेषक (रेमिट्यान्स) कम्पनी सञ्चालकले वैदेशिक रोजगार वा व्यवसायमा रहेका व्यक्तिको आम्दानी वैधानिक माध्यमबाट पठाइ मुलुकको राजस्व वृद्धि गर्न हुण्डी कारोबारलाई निस्तेज तुल्याउन पर्ने आवश्यकता औँल्याउनुभएको छ ।
अव्यवस्थित केबुल तार हटाउन सुरु
कोहलपुर नगरपालिकाले नगरक्षेत्र भित्रका अव्यवस्थित रूपमा रहेका केबुल तारहरू हटाउन सुरु गरिएको छ । नगरका विभिन्न स्थानमा तारहरू झुल्लिएका र लत्रिएका रहेको र पोलहरूमा रहेका तारहरू पनि अव्यवस्थित रूपमा गुजुल्टिएकाले हटाउन सुरु गरिएको हो ।
पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम ७० प्रतिशत सम्पन्न
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ ।
पेट्रोलियम पदार्थ उत्खनन गर्ने उपकरणसहितका सामान दैलेख पुर्याइयो
दैलेखको पेट्रोलियम पदार्थ उत्खननको अन्तिम अन्वेषणको कार्यका लागि पहिलो चरणमा उत्खननमा प्रयोग हुने उपकरणसहितका सामान यहाँ पुर्याइएको छ ।
शिक्षा विधेयकमा अभिभावकको सहभागिता सुनिश्चित गर्न आग्रह
सांसद तथा सरोकारवालाले विद्यालय शिक्षा विधेयक २०८० ले विद्यालय सञ्चालनमा अभिभावकको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिनुभएको छ ।
सदनमा उठेका विषय कार्यान्वयन गर्न सांसदको माग
प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदहरूले मुलुकमा महँगी बढ्दै गएको, तुइन विस्थापित गर्नुपर्ने, सडक पुनर्निर्माणमा ध्यान दिनुपर्नेलगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न पहल
बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा प्रवेशद्वार अघि रहेको अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न पहल सुरु गरिएको छ ।
लिंक्डइनले आफ्नो सेवामा गेमिङ थप्ने
लाखौं व्यक्तिले पछिल्लो समय रोजगारीका अवसरहरु खोज्नका लागि सामाजिक सञ्जाल लिंक्डइनको प्रयोग गर्न थालेका छन् ।
इलाममा चियाको पहिलो टिपाइ सुरु
चिया उत्पादनको मुख्य क्षेत्र रहेको इलाममा ‘फस्ट फ्लस’ अर्थात् चियाको पहिलो टिपाइको काम सुरु भएको छ । वर्षेभरिको उत्पादनमध्ये गुणस्तरीय मानिने पहिलो चरणको टिपाइको चियालाई किसान र उद्योगीहरूले विशेष महत्वका साथ लिने गरेका छन् ।
‘माइक्रो रेल प्रविधिमा आधारित पोड वेका लागि सरकारले तत्काल कार्यविधि बनाउनुपर्छ’
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले माइक्रो रेल प्रविधिमा आधारित पोड वे सञ्चालनका लागि तत्काल कार्यविधि बनाउन सरकारसँग माग गर्नुभएको छ ।
नेपाल प्रहरीको मनोबल खस्काउने काम नगर्न सरकारलाई सुझाव
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले नेपाल प्रहरीको मनोबल गिराउने काम नगर्न सरकारलाई सुझाव दिनुभएको छ ।
नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण सुरु
ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक वितरण गर्न सुरु गरिएको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा दुई साताअघि नै सामुदायिक विद्यालयका पाठ्यपुस्तक वितरण गर्न सुरु गरिएको हो ।
प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन एमालेको निर्देशन
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशसभा बैठकमा अनिवार्यरुपमा उपस्थित हुन पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ ।
रुसद्वारा युक्रेनको ऊर्जा पूर्वाधारमा व्यापक आक्रमण
युक्रेनको ऊर्जा पूर्वाधारमा रुसले बढाएको आक्रमणले दुई जना युक्रेनीको ज्यान लिनुको साथै हजारौँ घरपरिवार विद्युतविहीन भएका छन् ।
वैदेशिक रोजगारीमा जानेको पारिश्रमिक एक लाख तोक्न माग
नेकपा (माओवादी केन्द्र) का सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरूको मासिक पारिश्रमिक एक लाख रुपियाँ तोक्नुपर्ने बताउनुभएको छ ।
साउदी अरबस्थित नेपाली राजदूतावासको स्पष्टीकरण
साउदी अरबस्थित नेपाली राजदूतावासले कतिपय फाइल सदर गरेबापत रोजगारदाता कम्पनीहरुबाट रकम लिने गरेको आरोप लगाइ आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सो समाचारको खण्डन गरेको छ ।
कनिका छरेजस्तो गरी बजेट नछर्न मन्त्रीलाई सांसद ढकालको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजसरी नछर्न मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ ।
शैक्षिक सत्र अगावै आइपुगे जिल्लामा पाठ्यपुस्तक
आगामी शैक्षिक सत्र सुरु हुनुअगावै तनहुँमा पाठ्यपुस्तक आउने भएको छ । शैक्षिक सत्र २०८१ सुरु हुनुपूर्व जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन लागिएको जिल्लास्थित पुस्तक व्यवसायी महासङ्घले जनाएको छ ।
नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न माग
नेकपा (एमाले) का सांसद सरिता भुसालले नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न माग गर्नुभएको छ ।
ब्राजिलमा बस दुर्घटना हुँदा चारको मृत्यु
ब्राजिलको उत्तरपूर्वी पेर्नाम्बुको राज्यमा इस्टर आइतबारको समारोहमा बस ठोक्किएर भएको दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको राज्य गभर्नरले बताउनु भएको छ ।
२८ दशमलव नौ प्रतिशतले बढे विदेशी पर्यटक
यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले वृद्धि भएको हो ।
पाकिस्तानमा वर्षाका कारण दश जनाको मृत्यु
पाकिस्तानमा लगातार दुई दिनसम्म परेको वर्षका कारण खैबर पख्तुनख्वा प्रान्तमा दश जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ ।