दक्षिण अफ्रिकालाई मियामी जी-२० शिखर सम्मेलनमा सहभागी नदिने ट्रम्पको घोषणा
राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई आगामी वर्ष मियामी नजिकै आयोजित हुने जी-२० शिखर सम्मेलनमा सहभागी हुन नदिने घोषणा गर्नु भएको छ ।
सरकार र एमालेबिच बालुवाटारमा संवाद
सरकार र नेकपा एमालेबिच द्विपक्षीय संवाद बिहीबार साँझ बालुवाटारमा भइरहेको छ। संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी हुनुहुन्छ।
राष्ट्रपतिबाट फागुन २१ गतेको निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति
राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको छ ।
एमाले तनहुँमा प्रतिनिधि छनोटमा प्रतिस्पर्धा
नेकपा (एमाले) को आगामी मङ्सिर २७ गतेदेखि सुरु हुने एघारौँ महाधिवेशन नजिकिँदै गर्दा तनहुँमा प्रतिनिधि छनोट प्रक्रिया तीव्र बन्दैगएको छ । प्रतिनिधि चयन मङ्सिर १३ गते गर्ने पार्टी निर्णय सार्वजनिक भएपछि विभिन्न तह–स्तरका आकांक्षी नेताहरू मतदातासँग भेटघाट र सम्र्पक अभियानमा सक्रिय बनेका छन् ।
भानुभक्त क्याम्पसमा आधुनिक भवन निर्माण सुरु
तनहुँको व्यास नगरपालिका–१, विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा निर्माण हुन लागिएको आधुनिक शैक्षिक भवनको विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले बिहीबार शिलान्यास गर्नुभयो।
निर्माणाधीन क्याम्पस भवन अन्तिम चरणमा
महेन्द्र बहुमुखी क्याम्पस दाङको नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । साबिक राप्तीको जेठो क्याम्पसका रूपमा परिचित यो क्याम्पस हाल सुविधासम्पन्न चार तले भवन निर्माणको अन्तिम चरणमा रहेको छ ।
डेढ करोडको सुन्तला बिक्री गर्ने गाउँ
खोटाङको सुन्तलाको राजधानी भनेर परिचित घोर्ले गाउँबाट एक वर्षमा डेढ करोड बढीको सुन्तला बिक्री हुने गरेको छ।
बैतडीमा ट्रमा सेन्टर सञ्चालनमा ढिलाइ
बैतडीस्थित ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन । पाटन नगरपालिका–८ खोड्पेस्थित ट्रमा सेन्टरका लागि निर्माण गरिएका संरचना प्रयोगविहीन बनेका छन् ।
पोखरामा शनिबार दाइँ महोत्सव हुने
ठाउँ ठाउँमा रोपाइँ महोत्सव गर्दै आएको पर्यटन राजधानी पोखरामा दाइँ महोत्सव हुने भएको छ । परम्परागत कृषि प्रणाली जोगाउँदै पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले यही मङ्सिर १३ गते शनिबार दाइँ महोत्सव गर्न लागिएको हो ।
एमाले लमजुङमा ४० जनाको उम्मेदवारी
नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि लमजुङबाट महाधिवेशन प्रतिनिधि छनोट हुन ४० जना आंकक्षी देखिनुभएको छ । लमजुङबाट महाधिवेशन प्रतिनिधि १० जना मात्र सहभागी हुन पाउने भए पनि ४० जनाले उम्मेदवारी दर्ता गराउनुभएको कार्यालय सचिव सरोज विश्वकर्माले बताउनुभयो ।
तरकारी र दालको मूूल्य आकाशियो
सधैं तरकारी उत्पादनको जिल्लाका रुपमा रहेको इलाममा पछिल्लो समय तरकारीको मूूल्य आकाशिएको छ । मंसिरको दोस्रो साता हुँदै गर्दा विगत वर्षमाभन्दा तरकारी र दालको मूूल्य बढी रहेको छ ।
ट्रेड युनियन प्रजातन्त्रको जरा हो : धनराज गुरुङ
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले ट्रेड युनियन नै प्रजातन्त्रको जरा भएको बताउनुभएको छ ।
एनपिएल : सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा जारी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले हरायो । सुदूरपश्चिम चार खेलमा अपराजित रहने एक्लो टोली समेत बनेको छ ।
‘सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाऔं’
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
विश्व कराते च्याम्पियनसिपमा सानुमाया पराजित
एकल कातामा नेपालको प्रतिनिधित्व गर्नुभएकी सानुमायाले तीनवटै खेलमा हार खेप्नुभयो ।
गोरखापत्र संस्थान सामाजिक सुरक्षा कोषमा आबद्ध
१२५ वर्षको गौरवशाली इतिहास बोकेको देशको सबैभन्दा पुरानो सञ्चार गृह ‘गोरखापत्र संस्थान’ औपचारिक रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुने भएको छ।
भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई ढाकाको एक विशेष अदालतले भ्रष्टाचार तथा षड्यन्त्रसँग सम्बन्धित तीन वटा धोखाधडीका मुद्दामा २१ वर्षको जेल सजाय सुनाएको छ ।
लैङ्गिक हिंसा अन्त्य गर्न ‘महिला पुरुष साझा अभियान’
लैङ्गिक हिंसा अन्त्य गर्न महिला–पुरुषले साझा अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प
पश्चिमी इन्डोनेसियाको सुमात्रा तटमा बिहीबार ६.६-परिमाणको भूकम्प गएको संयुक्त राज्य भूगर्भीय सर्वेक्षण (युएसजीएस)ले जनाएको छ । युएसजीएसका अनुसार हाल सम्म क्षति वा सुनामीको कुनै चेतावनी रिपोर्ट गरिएको छैन ।
चीनको सुचाउ महानगर र बर्दघाट नगरपालिकाबिच 'भगिनी सम्बन्ध'
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका र चीनको सुचाउ महानगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना गर्नेबारे छलफल भएको छ ।
फ्रान्सले स्वैच्छिक सैन्य सेवा पुनः स्थापना गर्ने घोषणा गर्दै म्याक्रोन
रुसबाट बढ्दो सुरक्षा जोखिम र युरोपमा नयाँ द्वन्द्व भड्किन सक्ने चिन्ताबिच फ्रान्सले स्वैच्छिक आधारमा सैन्य सेवा पुनः स्थापना गर्ने निर्णय गरेको राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार घोषणा गर्नु भएको छ ।
ह्वाइट हाउस नजिकै दुई सैनिकको हत्या, अफगान नागरिकमाथि राष्ट्रपतिको गम्भीर आरोप
राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस नजिकै दुई नेसनल गार्ड सैनिकमाथि भएको घातक गोलीकाण्डलाई ‘आतङ्ककारी कार्य’ भन्दै तालिबान शासनबाट भागेर अमेरिका प्रवेश गरेका एक अफगान नागरिकलाई मुख्य संदिग्धको रूपमा आरोपित गर्नु भएको छ ।
श्रीलङ्कामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु
श्रीलङ्कामा आएको भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु हुनुका साथै १४ बेपत्ता जना भएको विपद व्यवस्थापन केन्द्र (डिएमसी)ले बिहीबार जनाएको छ ।
ढाका झुपडीमा भीषण आगलागी, हजारौँ घरबारविहीन
बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा मङ्गलबार साँझ लागेको भीषण आगलागीले करिब एक हजार ५०० झुपडी जलेर वा क्षतिग्रस्त भएसँगै हजारौँ बासिन्दा घरबारविहीन भएको अधिकारीहरूले बताएका छन् ।