घोडाघोडी क्याम्पसको स्ववियु् निर्वाचनमा अनेरास्ववियु विजयी
कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अशोक गौतम विजयी हुनुभएको छ।
महोत्तरीमा बढ्यो वायु प्रदूषण, जोगिन चिकित्सकको सुझाव
महोत्तरी जिल्लासहित आसपास जिल्लाहरूको वायु प्रदूषित हुँदा आमनागरिकको दैनिकी असहज बन्दै गएको छ ।
आगलागीमा ११ करोड भन्दा बढीको क्षति
पाख्रीबास नगरपालिका वडा नम्बर नौ उत्तरपानीमा भीषण आगलागी हुँदा ११ करोड रुपियाँ भन्दा बढीको क्षति भएको छ। स्थानीय अमर श्रेष्ठको काठ, पात र टिनको छानाले बनेको दुई तले घरमा आगलागी भएको हो। शनिबार साँझ साढे सात बजे टिभि कोठावाट अचानक आगो सल्किएको हो।
बार्सिलोना बराबरीमा रोकिँदा रियलको हार
स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको बार्सिलोना बराबरीमा रोकिँदा अर्को बलियो टोली रियल म्याड्रिडले हार खेपेको छ ।
शिक्षा सुधार गर्न सिकाइ मेलाको तयारी
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक गुणस्तर तथा शिक्षा सुधारमा केन्द्रित बृहत् सिकाइ मेलाको तयारी गरेको छ। गाउँपालिकाले यही चैत २७ गते सीपमा आधारित बृहत सिकाइ मेला आयोजना गर्ने भएको हो।
शिक्षकको शान्तिपूर्ण आन्दोलन जारी
नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी छ । आज शिक्षकहरू बबरमहल–बानेश्वर सडकमा भेला भएर सिट्ठी बजाउँदै शान्तिपूर्ण तरिकाले आफ्ना माग सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
पिएसजी कीर्तिमानी १३औँ पटक लिग च्याम्पियन
फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ । लिगमा ६ खेल अघिनै च्याम्पियन बनेको पिएसजीले शनिबार राति भएको खेलमा एन्जर्सलाई १–० गोलले हरायो ।
जनकपुरमा आज रामनवमी महोत्सव
सीताको जन्मभूमि नगरी जनकपुरधाममा आज रामनवमी पर्व धूमधामका साथ मनाइँदै छ । भगवान् रामको जन्म चैत्रशुक्ल नवमी तिथिमा भएको स्मरणमा आज रामनवमी पर्व विशेष उत्साहका साथ मनाउने गरिन्छ ।
सात समूहलाई सगरमाथा आरोहणको अनुमति
यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् ।
प्रदूषित हावाबाट जोगिन चिकित्सकको सुझाव
देशैभरको वायु प्रदूषित हुँदा आम नागरिकको दैनिकी असहज बन्दै गएको छ ।
बिसु पर्व मनाउन घर फर्कंदै
याँ वर्ष नजिकिएसँगै सुदूरपश्चिम क्षेत्रका भारतीय नाकामा चहलपहल बढेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा नयाँ वर्षलाई बिशु पर्वका नामले धुमधाम साथ मनाउने चलन छ ।
म्याग्दीदेखि ढोरपाटन सडक सञ्जालसँग जोडिँदै
म्याग्दीदेखि ढोरपाटन सडक सञ्जालसँग जोडिने भएको छ ।
अमेरिकामा आँधीका कारण १६ जनाको मृत्यु
संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रिय मौसम सेवाले शनिबार आँधीको चेतावनी जारी गरेको थियो ।
लालगढस्थित धनौजी खानेपानी कार्यालयमा आगलागी
धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित धनौजी खानेपानी आयोजना कार्यालय परिसरमा आइतबार बिहान आगलागी भएको छ । बिहान करिब ९ बजे नजिकै रहेको वन क्षेत्रबाट फैलिएको आगोले कार्यालय परिसरमा आगलागी भएको हो ।
मध्यपहाडी लोकमार्गको बागलुङ बजार क्षेत्रमा स्तरोन्नति हुँदै
भौगोलिक हिसाबले दुर्गममा रहेको निसीखोलामा कालोपत्र सडक टल्किँदासमेत हिलो धुलोको समाना गरिरहेको राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत बागलुङ बजार क्षेत्रले रुप बदल्न थालेको छ । यहाँको सडक मापदण्ड पूरा गरेर धमाधम स्तरोन्नतिसहित कालोपत्रको काम सुरु भएको हो ।
ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्व : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई रामनवमीको शुभकामना व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले रामनवमी र चैते दसैँको शुभकामना व्यक्त गर्नुभएको हो ।
पर्यटन प्रवर्द्धन गर्न ‘गल्फ महोत्सव’
ग्रामीण पर्यटन प्रवर्द्धनका लागि ओखलढुङ्गाको सबैभन्दा अग्लो थोलेदेम्बा डाँडामा गल्फ महोत्सव हुने भएको छ ।
विद्यालय चलाउन चन्दा
गुल्मीको मालिका गाउँपालिका–८ को थानपती आधारभूत विद्यालयले बिद्यालय चलाउन मुस्किल भएपछि शैक्षिक सुधारको अभियानमार्फत चन्दा सङ्कलन गरिरहेको छ ।
जुम्लामा निर्माण भएका लिफ्ट सिँचाइ आयोजना अलपत्र
जुम्लामा लाखौँ बजेटबाट निर्माण भएका सोलार लिफ्ट सिँचाइ आयोजना अलपत्र परेका छन् । प्रदेश सरकार र पालिकाको बजेटबाट निर्माण भएका लिफ्ट आयोजना अलपत्र भएका हुन् ।
तरङ्ग खोलामा अलपत्र पुल निर्माणको काममा पुनः सुरु
कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी पूर्व (नवलपुरको) तरङ्ग खोलाको पुल निर्माणको काम पुनः सुरु भएको छ । लामो समय अलपत्र बनेको पुल निर्माणको काम अहिले अघि बढेको हो । सात वर्ष अघि पुल निर्माणको काम सुरु भए पनि काम सम्पन्न हुन सकेको थिएन ।
विपन्न बालबालिकालाई पोषण भत्ता
कुपोषण हुनबाट बचाउन खैरहनी नगरपालिकाले विपन्न बालबालिकालाई पोषणमा अनुदान दिन थालेको छ ।पालिकाले छ महिनादेखि तीन वर्ष उमेरसम्मका विपन्न परिवारका बालबालिकालाई पोषण युक्त खाना खुवानका लागि अनुदान रकम दिन थालेको हो ।
धार्मिकस्थल गङ्गा खोलाको संरक्षण गरिँदै
भोजपुर, चैत २४ गते ।यहाँको रामप्रसादराई गाउँपालिका–६ स्थित प्रसिद्ध ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल गङ्गा खोलाको संरक्षण थालिएको छ । गोल्मे राज, गोल्मे रानी भिरको काखमा रहेको यो स्थलको संरक्षणमा वडा कार्यालयसँगै स्थानीय नागरिक जुटेका हुन् ।ढुङ्गाको कापबाट उम्रिएका तीनवटा पानीका ठूला मुहान रहेको यो स्थानमा दर्शन गरेर मनोकाङ्क्षा सिद्ध हुने धार्मिक विश्वासले भक्तजन आउने स्थानीयवासी राजेन्द्र राईले जानकारी दिनुभयो । देशले नै चिन्नुपर्ने अनौठो प्रकृतिको धार्मिक तथा पर्यटकीय स्थल रहेको भए पनि प्रचार अभावमा ओझेलमा परेको उहाँको भनाइ छ ।यहाँको पानीले नुहाएमा सबै खालका छालाको रोग निको हुने तथा कुनै पनि पुण्यकर्ममा चढाउने चलन रहेको उहाँले जानकारी दिनुभयो । यहाँ माघे सङ्क्रान्तिमा भव्य मेला लाग्ने गरेको उहाँको भनाइ छ ।“गङ्गा खोला देशले चिन्नुपर्ने ऐतिहासिक धार्मिकस्थल हो”, उहाँले भन्नुभयो, “गोल्मेराजा, गोल्मेरानी भिरको काखमा रहेको यो स्थान प्रचारप्रसार तथा संरक्षण अभावमा ओझेल परेको छ । यो स्थानको धेरै विशेषतासँगै पौराणिक महत्व छ । भौगोलिक विकटताका कारण यो क्षेत्रको विकासमा बाधा पुगेको अवस्था छ । राज्यले यस्ता देशका सम्पत्तिको खोेजी गरेर संरक्षणमा जोड दिन आवश्यक छ ।”गङ्गा खोलाका सबै मुहान कहिले नसुक्ने, वर्षातकाे समयमा धमिलो नहुने तथा मुहान दक्षिणबाट उत्तरतर्फ बगेकाले यसको छुट्टै महत्व रहेको वडाध्यक्ष एकराज आचार्यले बताउनुभयो । यो क्षेत्रको विकासका लागि धेरै बजेट आवश्यक पर्ने भए पनि वडाले केही बजेट विनियोजन गरेर संरक्षणको काम गरिरहेको उहाँको भनाइ छ ।वडाले बजेट विनियोजन गरेर आउने भक्तजनलाई लक्षित गरेर धारा निर्माण गरिदएको वडाध्यक्ष आचार्यले बताउनुभयो । यहाँ धेरै संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले राज्यका अन्य निकायसँग पनि हारगुहार गरिएको उहाँले बताउनुभयो । मुख्य रूपमा मुहान भएको स्थानसम्म पुग्ने पदमार्गको आवश्यकता रहेको उहाँको भनाइ छ ।स्थानीय सरकार, केन्द्र सरकार तथा प्रदेश सरकारले यो स्थानको विकासमा पहलकदमी गर्न आवश्यक रहेको स्थानीयवासी पाण्डव राईले बताउनुभयो । यो क्षेत्रको विकास गरेर गाउँपालिकाको दिगो आम्दानीको स्रोतका रूपमा स्थापित गर्नुपर्ने उहाँको भनाइ छ ।“गङ्गा खोला एउटा अनौठो र आश्चर्य खालको पवित्र धार्मिकस्थल हो”, उहाँले भन्नुभयो, “यो स्थानको स्थलगत अनुगमन गर्दा साँच्चै नै प्रकृतिको अनौठो स्वरुप देख्न सकिन्छ । यहाँको भूबनोटले सबैलाई चकित बनाउँछ । तर यस्तो ठाउँको अहिलेसम्म संरक्षणसँगै प्रचारप्रसार हुनसकेको छैन ।” रासस
किसानको घरदैलोमा कृषि मन्त्री
कृषि अनुदान दुरुपयोग हुन थालेपछि सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा किसानको दैलोमै पुगेर गुनासो सुन्न थाल्नु भएको छ ।