• ११ मंसिर २०८२, बिहिबार

जसपाद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको माग

blog

ज्ञापनपत्र बुझाउनुहुँदै जसपा नेपालका अध्यक्ष केदार यादव । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), मङ्सिर ११ गते ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको माग गर्दै जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र पठाएको छ । जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, समानुपातीक समावेशी प्रतिनिधित्व हुने संसदको व्यवस्था सहितका २८ बुँदे मागसहित प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्री कार्कीलाई ज्ञापनपत्र पठाएको हो ।

पार्टीको केन्द्रीय कार्यकारीणी समितीमिद्वारा घाषित आन्दोलनका कार्यक्रम अनुसार प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी टुव राज पोखरेलमार्फत बुधबार ज्ञापनपत्र पठाइएको जिल्ला अध्यक्ष केदारप्रसाद यादवले जानकारी दिनुभयो ।

ज्ञापनपत्र मार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, समानुपातिक समावेशी प्रतिनिधित्व हुने संसदको व्यवस्थाका साथै संविधान संशोधन तथा पुनःलेखन गरी राष्ट्रिय समस्याको समाधान, राज्य पुनःस्थापना उच्चस्तरीय आयोगको सुझाव प्रतिवेदन (१०+१) हुने गरी राज्यको पुनः संरचना गरिनुपर्ने माग गरिएको छ ।

यस्तै जनसङ्ख्याको आधारमा प्रतिनिधित्व हुने व्यवस्था, दलित र महिलाका लागि छुट्टै आरक्षित संसदीय÷प्रादेशिक निर्वाचन क्षेत्रको व्यवस्था, राष्ट्रियसभालाई प्रादेशिक जनसङ्ख्याका आधारमा समानुपातिक समावेशी हुने गरी हाउस अफ नेशनललाईटिज बनाइनु पर्ने, स्थानीयतहलाई प्रादेशिक क्षेत्राधिकारअन्तर्गत राखेर गैरदलिय आधारमा निर्वाचन, राजनीतिक नियुक्तिहरुमा भागवण्डा अन्त्य गरी योग्यता, क्षमता र अनुभवको आधारमा समानुपातिक समावेशी हुन गरी नियुक्ति, विगतमा भएका आन्दोलनका बेला गठन गरिएका न्यायीक छानबिन आयोगहरुको प्रतिवेदन सार्वजनिक लगायतका २८ बुँदे माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्नुहुँदै प्रजिअ पोखरेलले तत्कालै प्रधानमन्त्रीको कार्यालय पठाइ आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

ज्ञापनपत्र बुझाउन अध्यक्ष यादव, प्रदेशसभा सदस्य किरण कुमारी साह, मधेश प्रदेशका पूर्व सभामुख उपमा देव, जसपा नेता दिनेश कुमार यादव, लक्षमण यादव, विनोद यादव, किशोर यादव, प्रभाकर यादव, अमुत साफी, नववित झा, शम्भु यादव, महिला नेतृ रमिला देवी साह, पुनम यादव, आशा साहसहित जसपा नेता कार्यकर्ता जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो ।