शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर १० गते । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार साँझसम्म एक सय चार वटा दलले निवेदन दर्ता गराएका छन् ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगमा दर्ता भएका एक सय ३४ दलमध्ये बुधबार साँझसम्म एक सय चार वटा दलले निवेदन दर्ता गराएका छन् ।
दर्ता हुने दलहरुमा नेपाली कांग्रेस, नेकपा (एमाले_, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सहितका दलहरुले दल दर्ताको निवेदन पेस गरेका हुन् ।
फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन पेस गर्ने आज अन्तिम दिन हो ।