काठमाडौँ, मङ्सिर ११ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ५४ पैसा र बिक्रीदर १४३ रुपियाँ १४ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ९४ पैसा र बिक्रीदर १६५ रुपियाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपियाँ ४८ पैसा र बिक्रीदर १८८ रुपियाँ २६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपियाँ ६७ पैसा र बिक्रीदर १७७ रुपियाँ ४२ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ४९ पैसा र बिक्रीदर ९२ रुपियाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ १७ पैसा र बिक्रीदर १०१ रुपियाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ७४ पैसा र बिक्रीदर ११० रुपियाँ २१ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ११ पैसा र बिक्रीदर नौ रुपियाँ १५ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ १३ पैसा र बिक्रीदर २० रुपियाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ०० पैसा र बिक्रीदर ३८ रुपियाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ११ पैसा र बिक्रीदर ३९ रुपियाँ २८ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ४२ पैसा र बिक्रीदर चार रुपियाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ८१ पैसा र बिक्रीदर ३८ रुपियाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ४६ पैसा र बिक्रीदर ३४ रुपियाँ ६१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६७ पैसा र बिक्रीदर नौ रुपियाँ ७१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९५ पैसा र बिक्रीदर १५ रुपियाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ०८ पैसा र बिक्रीदर २२ रुपियाँ १८ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ३३ पैसा र बिक्रीदर १८ रुपियाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपियाँ १९ पैसा र बिक्रीदर ४६६ रुपियाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपियाँ ०९ पैसा र बिक्रीदर ३७९ रुपियाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३७० रुपियाँ २३ पैसा र बिक्रीदर ३७१ रुपियाँ ७९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ । रासस