विद्यार्थी सवार जिप दुर्घटना, १० जना घाइते
सल्यानमा विद्यार्थी सवार शैक्षिक भ्रमणको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
विराटनगरबाट सवारीचालक अनुमतिपत्र सेवा सञ्चालन
यातायात व्यवस्था कार्यालय विराटनगरले अवरुद्ध सवारीचालक अनुमतिपत्र प्रदान सेवा सञ्चालनमा ल्याएको छ ।
साताको शेयर बजारः कारोबार भएको पाँचै दिन बढ्यो नेप्से
धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक लगातार पाँचै दिन बढेर उकालो लागेको छ ।
एसइई नतिजा सुधार गर्न आवासीय कक्षा
दोलखाको तामाकोशी गाउँपालिकाले आगामी माध्यमिक शिक्षा परीक्षा (एसइई) लक्षित गर्दै आवासीय शिक्षण–सिकाइ कार्यक्रम सञ्चालन गरेको छ ।
विशेषज्ञको अभाव हुँदा राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित
विशेषज्ञको अभाव हुँदा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको केन्द्रको सेवा प्रभावित भएको छ । केन्द्रमा विशेषज्ञ चिकित्सक अभाव भएपछि यहाँबाट प्रदान गरिँदै आइएको कलेजो प्रत्यारोपण रोकिएको हो ।
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसिएसनको आपत्ति
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति जनाएको छ ।
लुम्बिनीमा १९.६३ प्रतिशत नागरिक बिमामा आबद्ध
लुम्बिनी प्रदेशमा कुल जनसङ्ख्याको १९ दशमलव ६३ प्रतिशत नागरिक बिमाको दायरामा आबद्ध भएका छन् । नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका अनुसार लुम्बिनी प्रदेशको कुल जनसंख्यामध्ये १९ दशमलव ६३ प्रतिशत नागरिकले बिमा गरेका छन् ।
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन सुरक्षाका लागि म्यादी (अस्थायी) प्रहरीको सङ्ख्या यकिन गरी आवश्यक प्रक्रिया सुरु गर्न सम्बद्ध निकाय तयारीमा जुटेका छन् ।
जापानको औद्योगिक उत्पादन अक्टोबरमा १.४ प्रतिशतले बढ्यो
जापानको औद्योगिक उत्पादन अक्टोबर महिनामा अघिल्लो महिनाभन्दा १.४ प्रतिशतले वृद्धि भएको छ ।
दक्षिणी सिरियामा इजरायली सेनाको आक्रमणमा १० जनाको मृत्यु
दक्षिणी सिरियाको बेइट जिन गाउँमा इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले शुक्रबार जनाएको छ ।
इन्डोनेसियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ८४ पुग्यो
इन्डोनेसियाको सुमात्रा टापुमा आएको बाढी र पहिरोका कारण कम्तीमा ८४ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको उद्धार अधिकारीहरूले शुक्रबार बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घद्वारा इमरान खानको मानव अधिकारको संरक्षण र सम्मान गर्न आह्वान
संयुक्त राष्ट्रसङ्घका उप प्रवक्ता फरहान हकले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको मानव अधिकारको सम्मान सुनिश्चित गर्न विश्व निकायले पाकिस्तानी अधिकारीलाई आग्रह गरेको पुष्टि गर्नुभएको छ ।
पाकिस्तानद्वारा इमरान खानको स्वास्थ्यबारे फैलिएका सबै अडकलबाजी अस्वीकार
पाकिस्तानी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार राणा सनाउल्लाह तथा पिटिआईका वरिष्ठ नेताहरूले पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्यबारे फैलिएका अनलाइन अटकलबाजी पूर्णरूपमा गलत रहेको बताउँदै उहाँ ‘पूर्णरूपमा ठिक रहनुभएको’ बताएका छन् ।
गोल्डकप विजेतालाई अलैँची पुरस्कार
दोस्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलामा आयोजित अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि पाँचथरको गणेश चोकले हात पारेको छ । विहीबार भएको फाइनल खेलमा हिमाली तोक्पेगोला युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै गणेश चोकले उपाधि हात पारेको हो ।
एनपिएल क्रिकेटः काठमाडौँको चितवनलाई १४३ रनको चुनौती
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।
गुल्मीदरवार गाउँपालिकाको भवन बन्दै
गुल्मी दरवार गाउँपालिकाले आठ बर्षपछि आफ्नै भवन निर्माणको काम थालेको छ । स्थापनाकालदेखि स्थानीय व्यक्तिहरुको भाडाको घरमा बस्दैआएको गुल्मीदरवार गाउँपालिकाले अहिले आफ्नो प्रशासकीय भवन निर्माण सुरु गरेको छ ।
बेनी–पाखापानी सडकमा कालोपत्र सुरु
सदरमुकाम बेनीसँग ग्रामीण भेग जोड्ने बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक अन्तर्गत बेनी नगरपालिका –९ किरोखोरदेखि नेप्टेचौर खण्डमा कालोपत्रे गर्न सुरु गरिएको छ ।
बेतबाँसका सामग्री बेचेर मासिक ७० हजार आम्दानी गर्दै बाधुराम
धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीका बाधुराम चौधरीले व्यावसायिक रूपमा बेतबाँसका सामग्री बेचेर मासिक रु ७० हजार आम्दानी गर्दै आउनुभएको छ । लामो समयदेखि उहाँले आफ्नो हस्तकला सीप प्रयोग गरी बेतका विभिन्न सामग्री निर्माण गरी बिक्री गर्दै आउनुभएको हो ।
सूचना प्रविधिको उपयोग गर्दै नेपाः भाषा संरक्षणमा लाग्न महानगरप्रमुख महर्जनको आग्रह
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले नेपाः भाषा मंका खलःका नवनिर्वाचित अध्यक्ष एवम् पदाधिकारीलाई सूचना प्रविधिको उपयोग गर्दै भाषा संरक्षणमा लाग्न आग्रह गर्नुभएको छ ।
ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा
वासिङ्टनमा एक अफगान नागरिकले दुई जना नेसनल गार्ड सैनिकमाथि गोली प्रहार गरी एक जनाको हत्या गरेको घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तीव्र प्रतिक्रिया जनाउँदै आफूले भनेका ‘तेस्रो विश्वका देशहरू’ बाट हुने आप्रवासन पूर्ण रूपमा रोक्ने घोषणा गर्नुभएको छ ।
श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
श्रीलङ्कामा लगातारको भारी वर्षापछि उत्पन्न बाढी र भूस्खलनबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ । देशका विभिन्न भागमा ६०० भन्दा धेरै घर क्षतिग्रस्त भएपछि सरकारले शुक्रबार सबै सरकारी कार्यालय तथा विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।
हिउँ चितुवा खोज्न जडान गरिए १५ वटा क्यामेरा
मुस्ताङमा हिमालको रानीको नामले चिनिने ‘हिउँ चितुवाको सङ्ख्या र अवस्था बारेमा सर्वेक्षण सुरू गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा १५ वटा क्यामेरा जडान गरी बासस्थान, आहारा तथा संख्याको खोजी सुरू गरेको हो ।
एनपिएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा हालसम्म १४ खेल समाप्त भएका छन् । चौध खेल समाप्त हुँदा १४ अर्धशतक र एक शतक प्रहारको ‘रेकर्ड’ बनेको छ ।
हिंसापीडितको उद्धार र संरक्षणमा लागेको आदर्श गृहले आफ्नै भवन बनाउँदै
मानव सेवामा क्रियाशील आदर्श गृह नेपालले आफ्नै भवन बनाउन सुरु गरेको छ । हालसम्म एक हजार २२४ जनाको उद्धार तथा संरक्षण गरेको उक्त संस्थाले भरतपुर महानगरपालिका-१५ विश्व प्रकाश टोलमा रहेको आफ्नै जग्गामा भवनको बनाउन लागेको हो ।