सखरखण्डर र पिँडालुको मूल्य उच्च
कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
संयुक्त व्यापार मञ्च बैठक : द्विपक्षीय व्यापार विस्तारमा जोड
नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक द्विपक्षीय व्यापार विस्तारमा जोड दिँदै आज यहाँ सम्पन्न भएको छ । दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको उक्त बैठकमा नेपाल र भारतका प्रतिनिधि सहभागी थिए ।
काभ्रेको संसारीदेवी आधारभूत विद्यालयमा कम्युटर प्रयोगशाला
अमेरिकन संस्था ‘आर स्टार फाउन्डेसन’को सहयोगमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ जोरसल्लास्थित संसारीदेवी आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना गरिएको छ ।
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ । सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा आज दिउँसो पत्रकार सम्मेलनमार्फत मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक हुने जनाइएको छ ।
खानेपानी आयोजना अलपत्र
खानेपानीको अभावमा काकाकुल भएका चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नौ हजार बासिन्दालाई कर्णाली नदीबाट लिफ्टिङ प्रविधिमार्फत पानी खुवाउने कर्णाली लिफ्टिङ खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेको छ ।
बागलुङमा ‘मध्य दरमखोला ए’ हाइड्रोपावर’ निर्माण हुँदै
दरमखोलामा चार मेघावाटको ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण गर्न थालिएको छ । बागलुङ ताराखोलाको घुस्मेलीबाट पानी लिएर ह्वाइट गोल्ड इनर्जी प्रालिले हाइड्रोपावर निर्माण गर्न थालेको हो ।
यस्तो छ आजका निम्ति निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ ।
नेपाल भारत सीमामा आपराधिक गतिविधिमा साना हतियारको प्रयोग बढ्दो
महोत्तरीमा पछिल्लो समय आपराधिक गतिविधिमा साना हतियार [पेस्तोल] को प्रयोग बढी भएको पाइएको छ । विगत तीन आर्थिक वर्षमा महोत्तरीमा घटेका विभिन्न आपराधिक घटनामा ११ थान साना र पाँच थान मात्र ठूला हतियारको प्रयोग भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।
माछा पोखरीमा डुबेर गौचनको मृत्यु
मुस्ताङको थासाङ गाउँपालिका २ लार्जुङका ६३ वर्षीय पूर्णप्रसाद गौचनको माछा पालन गर्ने पोखरीमा डुबेर मृत्यु भएको छ । गौचनको आफ्नै माछा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
मकवानपुर उवासङ्घको अध्यक्षमा रानाभाट निर्वाचित
मकवानपुर उद्योग वाणिज्य सङ्घको आगामी नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षमा प्रमोद सिंह रानाभाट निर्वाचित हुनुभएको छ ।
आजको मौसमः तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रका हिमपातको सम्भावना
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ । तराईका केही भागमा भने हुस्सु लागेको छ भने बाँकी भूभागमा मौसम सफा रहने छ ।
पश्चिम नेपालबाट पुनः मौसम बदली हुने
मुलुकको पश्चिमी क्षेत्रबाट मौसममा फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले यतिखेर पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रको माथिल्लो भूभागबाट बदली सुरु भइसकेको बताउँदै क्रमशः फैलिने क्रममा रहेको जानकारी दिनुभयो ।
समुद्रमा शरणार्थी डुङ्गामै जन्मियो शिशु
स्पेनको समुद्री उद्धार सेवाका अनुसार सोमबार अफ्रिकाबाट स्पेनतर्फ गइरहेको शरणार्थी डुङ्गामा एक बालिकाको जन्म भएको छ ।
नक्सा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
भवन नक्शा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन काठमाडौँ महानगरपालिकाले सहरी व्यवस्थापन विभागलाई निर्देशन दिएको छ ।
बसको ठक्करबाट महिलाको मृत्यु
पाल्पामा फोर्स बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन –११, सामाकोटका ४६ वर्षीया सीता गहतराज रहेको प्रहरीले जनाएको छ ।
नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट २१ जनाको मृत्यु
नाइजेरियाको उत्तरपश्चिमी कात्सिना राज्यमा आपराधिक समूहको आक्रमणमा परी कम्तीमा २१ जना सरकारी लडाकू मारिएका छन् ।
‘तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्छ’
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्नेमा जोड दिनुभएको छ।
दानाखोलामा जलविद्युत आयोजना निर्माण हुने
मनाङको नासोँ गाउँपालिकामा अवस्थित दानाखोलामा लालुपाते हाइड्रोपावर कम्पनीले ४९ दशमलव ९५ मेगावाट जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।
मेला र महोत्सवमा आयतित वस्तु बिक्री गर्नु हुँदैनः मन्त्री पौडेल
नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मेला तथा महोत्सवमा आयतित समान बिक्री नगर्न आग्रह गर्नुभएको छ।
सुन्तला बगानमै व्यापारी (फोटो फिचर)
म्याग्दीको बेनी नगरपालिका-४, बाँस्कुनाका नरबहादुर केसीले केही वर्ष अघिसम्म सुन्तला बेच्न आफै बजार धाउन र व्यापारी खोज्नुपर्ने बाध्यता थियो।
‘स्वास्थ्यमा जनतालाई अनुभूति हुनेगरी परिवर्तन गछौं’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललेले सरकारले स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्नेगरी परिवर्तन भएको बताउनु भएको छ ।
गोठबाटै तानेर बाघले बाख्रा खायो
हेटौँडा उपमहानगरपालिका –१३ मा बाघले बाख्रा मारेर खाएको छ । आलदमारका पूर्णसिंह लोप्चनको कच्ची गोठबाट एउटा बाख्रालाई बाघले तानेर खाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तरुलको बजार बन्यो शनिबारे हाट
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लाग्ने शनिबारे हाट यसपटक तरुलको बजार झैं बनेको छ। मकर (माघे) सङ्क्रान्तिको संघारमा लागेको शनिबारे हाट तरुल किनबेच गर्नेका कारण तरुलको बजार झैं बनेको हो।
जय ट्रफी : मधेशविरुद्ध आर्मी १२१ रनले अगाडि
‘जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत शनिबारको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशविरुद्ध एक सय २१ रनको फराकिलो अग्रता लिएको छ ।